साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मलाई पुरस्कारबाट डर लाग्छ !

कतै कतै त गोल घुम्छ दिने कहाँ नै फर्केर पुग्छ सामुन्ने कति राम्रो आहा ! भन्दै बधाई पछाडि आलोचना भ्याई नभ्याई त्यसैले हो ! लेख्न कर लाग्छ मलाई पुरस्कारबाट डर लाग्छ।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

हो हजुर ! लेख्न कर लाग्छ,
मलाई पुरस्कारबाट डर लाग्छ।

सानो पुरस्कार पनि कविका लागि
जस्तै नायकले पाउने ओस्कार
पहिले निर्णायकलाई
प्रभावमा पार्न मारामार।
पुरस्कार एकले पाउँदा
अरूमा हाहाकार
पाउनेको जन्मकुण्डली
खँगाल्न सबै तैयार।
त्यसैले हो हजुर !
लेख्न कर लाग्छ
मलाई पुरस्कारबाट डर लाग्छ।

नपाउनेलाई हुँदा पीर
कटाक्षको चल्छ तीर
पाउनेको त घिउमा शिर
नपाउने हतप्रभ अधीर।
टाउको कन्याउँछ
पाउनेको कमजोरी खोजेर ल्याउँछ
अखबारभरि सप्रमाण छपाउँछ।
त्यसैले हो ! लेख्न कर लाग्छ
मलाई पुरस्कारबाट डर लाग्छ।

पुरस्कार हुनु पर्ने त थियो
आफ्नो क्षमता निखार्न
तर अहिले प्रयोग हुन थाल्यो
चोरबाटोबाट असल नायकलाई बिगार्न।
बैठक कोठा सिंगार्न
विपरीतगामीलाई तल झार्न
मरेको बिउलाई गमलामा उमार्न
त्यसैले हो ! लेख्न कर लाग्छ
मलाई पुरस्कारबाट डर लाग्छ !!

जसले विद्यावारिधि गरे सदविचारमा
सुँगुरजस्तै मुख पार्छन्
अरूको हिस्साको पुरस्कारमा।
कतै कतै त गोल घुम्छ
दिने कहाँ नै फर्केर पुग्छ
सामुन्ने कति राम्रो
आहा ! भन्दै बधाई
पछाडि आलोचना भ्याई नभ्याई
त्यसैले हो ! लेख्न कर लाग्छ
मलाई पुरस्कारबाट डर लाग्छ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x