साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निर्जीवसँगको पिरिम

कुल्चे पनि थिचे पनि हातमा राखेर खैनी झैं मिचे पनि न अडडा धाउँछ न अदालत धाउँछ त्यसैले त निर्जीवको उधुम माया लाउँछ।

Nepal Telecom ad

अर्जुन दाहाल :

मेरो,
निर्जीवसँग छ पिरिम
हुर्कदै छ हिमखिम
न लुगा, न दिनुपर्ने कपडा
न खान दिनुपर्ने लफडा
ढुंगासँग माटोसँग
दैनिक हिंड्ने बाटोसंँग
भांचिएका सिक्रा डढेका ठुट्टासँग
भित्तामा कुँधिएका बुट्टासँग
सजीव भन्दा,
निर्जीवको माया कति कति
न दिनुपर्ने पद, न कुस्री,
न दिनुपर्ने सम्पत्ति
न सुनाउनु कथा
न सुन्नु ङ्यार ङ्यार
निर्जीवको पो निस्वार्थ प्यार
हाव क्या टेसिलो छ यार।

हावासँग पानीसँग
नेतीसँग मदानीसँग
फोनसँग टिभीसँग
स्वास सक्किएका परजीवीसँग
किताब कापी कलमसँग
मन्जन,साबुन मलमसँग
सिरकसँग डसनासँग
नाक घोच्ने बासनासँग
माया लाउनू पिरेम बसाउनू
अनि पो भ्यालेन्टाइनको रस रसाउनू।

चप्पलसँग जुत्तासँग
कान नभएको भित्तासँग
धुलोसँग धुवासँग
प्यास मेट्ने कुवासँग
रुमालसँग रुवासँग
हलोसँग जुवासँग
न कुस्ती खेल्नुपर्ने
न अमलाको आरोप झेल्नुपर्ने
निर्जीवको पो निस्वार्थ प्यार
क्या टेसिलो छ यार।

झ्यालसंँग ढोकासँग
दाम्लो नाम्लो डोकासँग
मझेरीसँग अँधेरीसँग
बाल्टी गाग्री पंधेरीसँग
चम्चा कचौरा थालसँग
पातलो होस् कि बाक्लो दालसँग
आँखाले नभ्याउने,
आकास होसकी पातालसँग
गहिरो पिरिम छ।
जो निर्जीव छ बोल्दैन
छुद्र वचनका लप्काले पोल्दैन।
कुल्चे पनि थिचे पनि
हातमा राखेर खैनी झैं मिचे पनि
न अडडा धाउँछ न अदालत धाउँछ
त्यसैले त निर्जीवको उधुम माया लाउँछ।

०००
अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अबसुखीकरण कार्यक्रम:

अबसुखीकरण कार्यक्रम:

अर्जुन दाहाल (क)
बाजी:

बाजी:

अर्जुन दाहाल (क)
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
आधा सत्य : आधा भ्रम- ५०

आधा सत्य : आधा...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम- ४९

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम – ४८

आधा सत्य, आधा भ्रम...

अर्जुन दाहाल (क)
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x