साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोकतन्त्रका दुई पात्र

जे जे मन्मा आउँछ सबै मुखले कराउने गर्जी गर्जी सबैलाई ठाडै हराउने । गाली छान्दै शब्दकोष पुरै रित्याउने समाजिक सन्जालमा ठूलै चिच्याउने ।

Nepal Telecom ad

पराशर रिजाल :

१. पहिलो म नेता

हिजोसम्म मुसो थिएँ चीं चीं कराउथें
प्राणीहरुको हुल भित्र कता हराउँथें
टाढैबाट देख्छौ आज कति महान भन्छौ
मलाई देख्दा सबै प्राणी राजा हात्ती गन्छौ ।

हात्ती भन्या जब सुन्छु नाक ठाडो हुन्छ
त्यही नाक तन्किएर आकाश पाताल छुन्छ
समाजका सबै प्राणी किरा जस्तै लाग्छ
अझै ठूलो बन्ने मेरो भोक तिर्खा जाग्छ ।

कुकुरहरु भुक्दै गर्छन् हिँड्छु लमक लमक
धेरै झर्को लाग्यो भने गर्छु तमक झमक
बालीनाली लुछ्दै खाँदै हिड्ने मेरो बानी
पछिपछी आउने हर्ले जुठो पुरो खाने ।

पुल्ठो बोकी लखेट्नेलाई ठाडै भगाउछु
मेरा टिमका ठिनेमिने सबै जगाउछु
जङ्गलका नियम कानुन सबै लगाउछु
गणेश भनी पुजा गरे आशन चढाउछु ।

२. दाेस्राे हामी जनता

लोकतन्त्र आएको छ सबले जय भन्ने !
ठुलो भैयो अब आफैं कस्लाई किन गन्ने ?
आफ्नालाई महान भन्ने काँध चढाउने !
अरुलाइ पाजी भन्दै भुइँमै लडाउने !
चोर गधा भाते भन्ने दिनरात कराउने !
यसै गरि आफ्नो डम्फु ड्वाङ्ड्वाङ् बजाउने

बन्दुक बोकियो जेल परियो देश बिदेश गरियो
यति गर्दा घाँटिसम्म ज्ञानको घैंटो भरियाे ।
राजनीति भनेको त केही हैन रैछ
ताली गाली जालनीति झेलनीति रैछ

कसै सामु नझुकने सबैलाई भुक्ने
रिस उठ्दा बर्बराउदै आकाशतिर थुक्ने
कुकुर सुँगुर फ्याउरो गधा साले चोर भन्ने
यस्तो भैजा खाते भाते लैजा हैजा भन्ने
यति मन्त्र जप्यो भने पछि परिदैन
जस्तै आँधी चले पनि तल झरिदैन

फाइदा हुन्छ भनेदेखि बनिदिने टट्टु
समयको माग बुझि बोल्ने बनि पट्टु,
भेष फेरी माैका अन्सार गर्ने कूट छट्टु
लाज फाली शरीरको खोली दिने कट्टु
आँखा चिम्ली नाङ्गिदिदा लजाउने किन
लाज लागे आँखा छोप्छन काँतर दीन हिन

जे जे मन्मा आउँछ सबै मुखले कराउने
गर्जी गर्जी सबैलाई ठाडै हराउने ।
गाली छान्दै शब्दकोष पुरै रित्याउने
समाजिक सन्जालमा ठूलै चिच्याउने

कति बोल्नु छाडा पनि लाजै लजाउने
बोल्दा कमि होला बरु बाजै बजाउने
सभ्यताका आयामहरु सबै रित्याउने
मूल्य बिहिन नयाँ समाज अब भित्र्याउने

पुरानालाई सिध्याउने समयको माग
नयाँ नयाँ मिलिझुली गर्नु पर्छ राज
आफ्नो पनि पालो आउला छिट्टै सेलाउने
बेला छँदै उमेरमै सब्लाई खेलाउने ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x