साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हजुर !

एकपल्ट धरहरा चढेर इमान्दार भएर शहर हेर्नुहाेस् महाेदय ! तपाईंको शहरका आलिसान बङ्गलाहरु इमान्दार छन् कि हामी गरीबकाे ठेला ?

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

हजुर !
बजारभरि जीवन पसारेर
केही बेच्न लागेकाे छु
नकुल्चीदिनुहाेस् मेराे पसललाई
आठाना आठाना जाेडेर
सपना किन्न लागेकाे मात्रै हुँ
बुट नबजारीदिनाेस मेराे भविष्यलाई ।

तपाईंको शहरमा रहर बाेकेर पसेकाे थिएँ
लाखाैं घरहरु देखेर जीउँने भर बाेकेर पसेकाे थिएँ
हजुरका जुठा बर्तनहरु सफा पारेर
आफू रक्षानमा फालिंदै थिएँ
हजुरका मैला कपडाहरु धाेएर
आफू हिलाे आहालमा हालिंदै थिएँ
हजुुरले त अझै दल्दलेमा भसाइदिनु भाे
उठ्नै नसक्ने गरि फसाइदिनु भाे ।

मेरो नाम मैले राखेकाे हाेइन
पुग्ने ठाउँ कहाँ हाे मलाई नै थाहा छैन
तर पनि पाइला चालिरहेछु
बाँच्ने राहकाे खाेजीमा
आँखा बालिरहेछु
हिंड्ने सहारा लिएकाे मात्रै हाे
लाैराे नचलाइदिनाेस्
जिन्दगीको भारा खाेजेकाे मात्रै हाे
मन नजलाइदिनाेस् ।

तपाईंको सभ्यतामा गरीब अटाउँदैन भने
तपाईंकाे खुशीमा गरीबले हाँस्न पाउँदैन भने
हजाराैं भ्रष्टाचारी महलले थिचेकाे मात्र
तपाईंको शहर हाे भने
हजाराैं मनहरु मिचाउँने तपाईंकाे रहर हाे भने
ठिकैछ
पैह्राे गएकाे वर्तमानसंगै
भत्किएका आशाका टहराहरु रुँगेर
च्यातिएकाे जीवन सुमरेर
खण्डहरसंगै बाँचीरहुँला
तपाईँले दिएका घाउका खाटाहरु
हेरेर जीवन काटुँला ।

सक्नुहुन्छ भने राेक्नुहाेस
देश खाेक्राे बनाएर किनेका कारहरु
भत्काइदिनाेस्
भ्रष्टाचारले उभ्याइएका ईँटाका बारहरु
ठेलामा जीवन ठेल्नेहरुले
शहर असभ्य बनाएकाे हाेइन
शहर त लुटेराहरुका चिल्ला घरहरुले असभ्य बनााएकाे हाे
एकपल्ट धरहरा चढेर
इमान्दार भएर शहर हेर्नुहाेस् महाेदय !
तपाईंको शहरका आलिसान बङ्गलाहरु इमान्दार छन्
कि
हामी गरीबकाे ठेला ?

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x