साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राष्ट्रिय गीत

आफ्नो मुलुकमा नबस्नू नेपालका पराक्रमी छोरा हो आमाको सेवामा नफस्नू यहाँको धर्ती बाँझै छाडी मलेसियामा धान फलाऊ कतारमा फूल फुलाऊ हाहाहा हाहाहा हो हो हो ।

Nepal Telecom ad

हाेम सुवेदी :

त्यो कर्मभूमिको जङ्गलमा
पौरखको उदाहरन
प्रस्तुत गरेर देखाऊ
यहाँको धर्ती बाँझै छाडी
मलेसियामा धान फलाऊ
कतारमा फूल फुलाऊ
हाहाहा हाहाहा हो हो हो ।।

छाडेर स्वास्नी अर्कालाई
घरको बिचल्ली पारेर
छोराछोरीलाई रुवाई
विवेशमा आरन चलाऊ
यहाँको धर्ती बाँझै छाडी
मलेसियामा धान फलाऊ
कतारमा फूल फुलाऊ
हाहाहा हाहाहा हो हो हो ।।

डलर कमाउने धन्दा नै
सर्वोच्च लक्ष्य मानेर
आफ्नो मुलुकमा नबस्नू
नेपालका पराक्रमी छोरा हो
आमाको सेवामा नफस्नू
यहाँको धर्ती बाँझै छाडी
मलेसियामा धान फलाऊ
कतारमा फूल फुलाऊ
हाहाहा हाहाहा हो हो हो ।।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x