साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुरा लगाऊ कविजी

भुँडीवालको डकार पनि कविता झै देख्छौ जुठो पुरा आश गरी कति ज्यू ज्यू गर्छौं भोका नाङ्गा छैनन् तिम्रो जिम्मेदारीमा मिल्काऊ तिम्रो त्यो कलम सिस्नोघारीमा ।

Nepal Telecom ad

रमेश खकुरेल :

चुरा लगाऊ कविजी तिम्रा नारीमा
मिल्काउ तिम्रो त्यो कलम सिस्नोघारीमा ।

च्यैच्यै भन्दै पुरस्कारको पोको जल्ले दिन्छ
उतैतिर तिम्रो पाइला लुरुलुरु हिन्छ
रिवन लगाऊ कविजी घोर्ले दारीमा
मिल्काऊ तिम्रो त्यो कलम सिस्नोघारीमा ।

तरुनीका चिल्ला गाला काला कपाल देख्छौ
कम्मर् मर्काई हल्लाउनेको गीत कति लेख्छौ
विकिसके तिम्रा चेली मुग्लान् पारिमा
मिल्काऊ तिम्रो त्यो कलम सिस्नोघारीमा ।

भुँडीवालको डकार पनि कविता झै देख्छौ
जुठो पुरा आश गरी कति ज्यू ज्यू गर्छौं
भोका नाङ्गा छैनन् तिम्रो जिम्मेदारीमा
मिल्काऊ तिम्रो त्यो कलम सिस्नोघारीमा ।

खुकुरीमा खिया लाग्यो तातो रगत् सुक्यो
किन तिम्रो सगरमाथा लुरे बनी झुक्यो
वैरी पसी नाच्न थाल्यो तिम्रो बारीमा
मिल्काऊ तिम्रो त्यो कलम सिस्नोघारीमा ।

०००
गर्दभराग (२०५७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x