साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कृष्ण !!

कृष्ण एउटा हो बुध्द युधिष्ठिर एउटा हो मण्डेला अर्जुन एउटा हो गान्धी सागर थोपो चुहेर उर्लन्छ सृष्टि सिञ्चन गर्न हरियोको अ‌ौँसी हटाउन समयको र नै फुलेका छन् पहाडमा सुनाखरी !!

Nepal Telecom ad

कलानिधि दाहाल :

कृष्ण !
न हो कुनै ईश्वर
न कुनै रहस्य
मात्र हो ऊ
उज्यालो दिन
चेतनाको प्रकाशपुञ्ज ज्वाला
कौरवहरू !
न हुन् छल्छामका जादू
न शक्तिका अग्ला सञ्चयघर
मात्र हुन् यिनीहरू
अँध्यारा रातका प्रतीक
तिखा काँडाका बिम्ब
जसलाई हुन्न नछोई पनि
छोए चसक्क दुख्छ मुटु
एकचिम्टी माटाका नाममा
एक आकाश
क्षितिज सीमाका नाममा
मर्न खोज्नु
आफैँमा झमक्क साँझ
मार्न तत्पर रहनु सके
आफैँमा कहालीलाग्दो रात
मान्छेको असङ्ख्य भीड
केवल
भेडाहरूको हो एक बथान
न गन्तव्य हुन्छ यिनको
न गति
न विवेक हुन्छ यिनको
न विश्वास
छरिएर चहुरभरि
सिङ्‌मा सिङ जुध्नु
जुधाउनु
वा रगतको होली
आफूबाट आफैँ खेलिनुको
रातहरू जुर्मुराउँछन्
लस्कर बनेर लस्करेहरू
भूमिगत बनेर
शकुनि हिज्मुल्लाहरू
टिठलाग्दो चेहरामा
उचालिन्छ गाण्डिव
कृष्णमुटु हो उज्यालोको
अहिले पनि
एकाध कृष्णले चलेको छ
भेडाहरूको विशाल विश्वजमात
अन्धा धृतराष्ट्रहरू
तत्पर छन्
पुत्रमोहको दुर्गन्ध सुँघेर
परिवारप्वाँख फिजाउन
व्यक्तिस्वार्थ उकास्न
पट्टी बाँधेर
चेतन नयन गान्धरीमा
उल्का उन्माद उभिन्छन्
दुर्योधनहरू
सृष्टि सञ्चालन हुन्छ
थोरैले
कृष्ण एउटा हो बुध्द
युधिष्ठिर एउटा हो मण्डेला
अर्जुन एउटा हो गान्धी
सागर थोपो चुहेर
उर्लन्छ सृष्टि सिञ्चन गर्न
हरियोको
अ‌ौँसी हटाउन समयको
र नै फुलेका छन्
पहाडमा सुनाखरी !!

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x