साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्यसपछि…

त्यसपछि- मन्त्रीको कुनै कार्यकर्ताको पछि लागेको हुँ मेरो कलम र कूची कता पुगे र के भयो ? कसैलाई थाहा भएन‚ कसैलाई वास्ता पनि भएन अर्थात्‚ त्यसपछि म कहाँ छु र किन छु ?

Nepal Telecom ad

राजेन्द्रप्रसाद अधिकारी :

कुनै जमघटमा पुगेका‚ देशका राष्ट्रपतिले भनेछन्-
“साहित्यकार विचार निर्माण गर्ने केन्द्र हुन्”
चिन्तकहरु निद्राबाट बिउँझिए झैँ झस्किए
खुशीले भावविह्वल भएँ
एक हातले चस्मा झिकेँ र
अर्को हातको औँलाले रसाएका आँखाहरु पुछेँ
त्यसपछि-
राष्ट्रपतिका अङ्गरक्षकले टेबुलबाट उठाएर लगेको
सिद्धान्तका खेस्राहरु कता पुगे र के भयो ?
कसैलाई थाहा भएन‚ कसैलाई वास्ता पनि भएन
अर्थात्‚ विचार हराएको चिन्तकहरुले पत्तै पाएनन्

कुनै कार्यक्रममा देशका प्रधानमन्त्रीले भनेछन्-
“साहित्यकार राष्ट्रका गहना हुन्”
प्राज्ञहरु स्तब्ध भए
आफूले आफैँलाई झकझकाए
हातको कलम इस्टकोटको खल्तीमा सिउरे र
जहाँ बसेका थिए त्यहिँबाट अभिवादन टक्र्याए
त्यसपछि-
प्रधानमन्त्रीका कर्मचारीले पट्याएर आफ्नो डायरीमा राखेका
प्रवचनका टिपोटहरु कता पुगे र के भयो ?
कसैलाई थाहा भएन‚ कसैलाई वास्ता पनि भएन
अर्थात्‚ पाण्डुलिपिहरु हराएको प्राज्ञहरुलाई ज्ञातै भएन

त्यसैगरी‚ कुनै कार्यक्रममा प्रमुख अतिथि बनाइएका
मन्त्रीले पनि भन्न भ्याए-
“साहित्यकार राष्ट्रका बहुमूल्य निधि हुन्”
म करेन्ट लागेजस्तो उफ्रिएँ
हर्षले गदगद भएँ
बसिरहेको कुर्सीबाट जर्याकजुरुक उठेँ र
तालीको गडगडाहटले हल थर्काएँ
त्यसपछि-
मन्त्रीको कुनै कार्यकर्ताको पछि लागेको हुँ
मेरो कलम र कूची कता पुगे र के भयो ?
कसैलाई थाहा भएन‚ कसैलाई वास्ता पनि भएन
अर्थात्‚ त्यसपछि म कहाँ छु र किन छु ?
कुनै बौद्धिक चिन्तन गर्ने नैतिक चेत पनि भएन।

०००
चण्डाेल, काठमाडाैं
२०८२ वैशाख २८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देउता‚ अनि तिमी चाहिँ किन चुप ?

देउता‚ अनि तिमी चाहिँ...

राजेन्द्रप्रसाद अधिकारी
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
तपाईंलाई चिन्ने कसरी हो ?

तपाईंलाई चिन्ने कसरी हो...

राजेन्द्रप्रसाद अधिकारी
हैन के छ त्यस्तो हाम्रो देशमा…

हैन के छ त्यस्तो...

राजेन्द्रप्रसाद अधिकारी
टोलको यौटा मासुपसल

टोलको यौटा मासुपसल

राजेन्द्रप्रसाद अधिकारी
गलेको काँध र मक्किएको झोला

गलेको काँध र मक्किएको...

राजेन्द्रप्रसाद अधिकारी
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x