साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पराधीन शहर

आफैँ छाता समाएर ओतिन जाँन्दैन शहर गाउँले जहिले स्वाभिमान शहर पठाउँछ तर शहरले जहिले अभिमान गाउँ पठाउँछ हो त्यसैले आजकाल शहर शहरजस्तो छैन पूरै पराधीन छ शहर ।

Nepal Telecom ad

बिन्दु दहाल मूकदर्शक :

गाउँले दालचामल दिन्छ कि भनी
टीठलाग्दो तरिकाले बाटो हेर्छ सहर
गाउँले दहीदूध र घिउ पठाइदिन्छ कि भनी
हरेक बिहान गाउँ सम्झिन्छ शहर
गाउँबाट हाँस कुखुरा , खसीबोका
आउँछन् कि भनी बाटो ढुक्छ शहर ।
शहर अपूर्ण छ, अपाङ्ग छ
गाउँबाट ग्राहक आउँछ्न् कि भनी
सधैँ आस गर्छ शहर
अर्काकै भरमा बाँचेको छ शहर
भित्रभित्र रोएर बाहिर हाँसेको छ शहर
शहर आजकाल शहरजस्तो लाग्दैन
शहर जहरजस्तै भएको छ ।
गाउँले बचाएको छ शहरलाई
गाउँले नचाएको छ शहरलाई
गाउँलाई कपडा बेचेर नाङ्गै हिँड्छ शहर
गाउँबाट गुन लिएर बैगुन बेच्छ शहर
गाउँका युवालाई परदेशमा खेद्छ शहर ।
टुकुचामा नुहाएर गङ्गाको कुरा गर्छ शहर
मानाले दिएर पाथीले भर्छ शहर
गाउँबाट गएका आमाबालाई चिन्दैन शहर
अरूको लुटेर खान्छ तर किन्दैन शहर
खसी भनेर कुकुर काट्छ शहर
बिहानै जुरुक्क उठी समाचारमा ढाट्छ शहर
सुनलाई पित्तल पार्छ शहर
देशबासीलाई जहिल्यै भार छ शहर ।
आफ्नो फोहोर आफैँ फाल्न सक्दैन शहर
गाउँले जस्तै सुखशान्ति पाल्न सक्दैन शहर
गाउँले घुम ओडेर जिउ ओताउँछ तर
आफैँ छाता समाएर ओतिन जाँन्दैन शहर
गाउँले जहिले स्वाभिमान शहर पठाउँछ
तर शहरले जहिले अभिमान गाउँ पठाउँछ
हो त्यसैले आजकाल शहर शहरजस्तो छैन
पूरै पराधीन छ शहर ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x