साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे र आकाश !

ओठ हाँसेको कालो मान्छे ! दिल विष भएको गोमन मान्छे ! दाउ हेरेर माउ खाने आपराधिक रङ्गरोगनको मान्छे ! आसपास त कुरै छाडौँ उसलाई खासभन्दा अलग स्पर्शको पानी पिए पनि धमिलिन्छ मन !!

Nepal Telecom ad

कलानिधि दाहाल :

छ्याङ्ग उघ्रेको आकाश
असल मान्छेको
ओठजस्तै
कालाम्य बादल
ओढेको आकाश
खराब मान्छेको
मनजस्तै
मान्छे !
सिपालु छ ठग्न
मान्छे सिपालु छ छल्न
मान्छे अझ सिपालु छ चोर्न
कामले होस्
वा वचनले
नामले होस्
वा व्यवहारले
अर्को ठगेको खुसीमा
आफैँ ठगिएको चाल पाउन्न
निकम्मा मान्छे!
अर्को ढाँटेको हर्षमा
आफैँ ढाँटिएको चाल पाउन्न
जमिनको धुर्त मान्छे!
उस्तै भएर पनि
मान्छेभन्दा फरक छ
कालो बादल
ऊ छद्मभेष फिजाएर
आफैँ खुम्चिन्छ चाउरिएको
मरीचझैँ
यो आक्रामक बन्छ
सूचनाका तुल टाँसेर
बिजुलीका मुखबाट
निस्कन्छ गर्जनको तूफान
हुरीहुन्डरीको ब्रह्मोस क्षेप्यास्त्र
भत्काउँछ चुचुरा
अग्ला पहाडका
उठाउँछ उल्का भुँमरी
पाखापखेराका
रुखलहरासँग
अविदित हुन्न यो
अदृश्य
अस्पष्ट हुन्न कतै
आक्रामक बन्छ
बाजको माछोझैँ
गिध्दको चुचोझैँ
मन्दिर उखाड्छ
मस्जिद भत्काउँछ
गुम्बा रोक्छ घुम्नबाट टक्क
पानी सुकेपछिको घट्टझैँ
चाक्षुस दृश्यमा
कुस्ती खेल्छ कालो बादल
हाइनाब्वाँसोझैँ
बाघचितुवाझैँ
झाङ्भित्र लुकेर
झम्टा मार्छ कालो मान्छे !
निकम्मा काखको खरायो
मनको गोमन कालो मान्छे !
सतर्क
असल मान्छे !
घना बादल आकाश
कालै भए पनि
मन दिन सकिन्छ
तन हिँड्न सकिन्छ
झुक्किएर पनि
ओठ हाँसेको कालो मान्छे !
दिल विष भएको गोमन मान्छे !
दाउ हेरेर माउ खाने
आपराधिक रङ्गरोगनको मान्छे !
आसपास त कुरै छाडौँ
उसलाई खासभन्दा अलग
स्पर्शको पानी पिए पनि
धमिलिन्छ मन !!

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
0
Would love your thoughts, please comment.x
()
x