साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घाम लागेपछि !

"गुरु बाको कुरा बुझ्न गोपी भएर जन्मिनुपर्छ, त्यो पनि सुकरात गुरुको।" अनन्त झापाली बोल्यो। "घाम लागेपछि !" सबैको मनमा यही कुरा खेल्यो। मधुबालाको अनुहार उज्यालो भयो।

Nepal Telecom ad

धनराज गिरी :

एक गाउँ, दूर, सुदूर पश्चिममा, साहित्यपुर, केही लहडी सर्जकहरूको लहड। चिया पसल, चायवाली मधुबाला, देहरादून रिटर्न। उनको आफ्नै कहानी, अयुग्म ! एक पात्र “तमलाल खत्तम” नाम पनि अनौठो, गफाडी, अति गफाडी, आकाश पातालको कुरा गर्ने। दिल्लीदेखि डोनाल्ड ट्रम्पसम्म पहुँच भएको किस्सा सुनाउने। सबैले पत्याएको अभिनय गरिदिन्थे, किन कि चाय नास्ताको पैसा आरामसित तिरिदिने !

“पैसाको स्रोत ?” सबैको मनमा जिज्ञासा। गवेषण गर्ने फुर्सद कसैलाई पनि थिएन। “यो मान्छे अति फटाहा छ !” कसैले भन्यो। कसले ? थाहा भएन। “पैसा छ, ढाकछोप हुन्छ, यो युग शकुनिहरूकै हो !” एक पाका, योगी नरहरिनाथको अनुयायी। तर, एक अचम्म, फुर्तिलाल ऊर्फ “तमलाल खत्तम” त्यो चिया दोकानमा एक पात्र आएपछि, टाप ! कुनै न कुनै बहाना बनाएर नौ दुई एघार ! अरूले त्यति ख्याल नगरेका, तर चायवाली चतुरी, हरेकको अनुहार पढ्ने। नियत थाहा पाउने। त्यो पात्र हो, “प्रोफेसर योगी, इमानको “प्रणाम सगरमाथा”, सबैको गुरु, “दीपायलेश्वर आशुतोष महादेव इमानश्री ! “कताबाट त्यहाँ आए ? कसैलाई पनि थाहा छैन। आए प्रोफेसर, ४३ दिनपछि, अनि भाग्यो फुर्तिलाल !

“सर,नमस्कार” चायवाली।
“हजुर,नमस्कार मधुबाला !” प्रोफेसर ।
“सर, हजुरसित एउटा कुरा सोध्छु है ?” मधुबाला।
“हजार सोध, तर यो बताऊ, तिम्रो किशोर कुमार, दिलिप कुमार, भारत भुषण, देवानन्द, कता हो ? यो रिक्त दरबन्दीको “एम्बुश” अमूर्त धराप, नथापे, राम्रो। यो टोलमा कति घरमा तिमी कारण बनेर अमूर्त भूकम्प गएको होला ! आफ्नो बारेमा पनि सोच्नू ! अयुग्म जीवन, एक पहाड हो, सामना पहाड, एक हाड ! मान्न नसकिने चाड !” प्रोफेसर ।
” ह्या गुरुजी, म यत्तिकै आनन्दमा छु !नयनानन्द ! सकियो। भन्नू न, त्यो फुर्तिलाल किन भाग्छ ? किन ? हजुर आएपछि अनुहार पनि कच्याककुचुक हुन्छ, पतेराले चुसेको धानजस्तो हुन्छ, किन गुरुदेव ? किन ? मेरो पीर नमान्नू होला !” मधुबाला।

“घाम लागेपछि के हुन्छ नानी ?” प्रोफेसर ।
“लौ,यति सामान्य कुरा, घाम लागेपछि अन्धकार भाग्छ, उज्यालो हुन्छ, भोर सुहानी, अर्को भोर, हुन्न बोर, मनुहरू अद्वैत मार्गमा, उज्यालोमा, देवीको पूजा गरेर, तम गौ, वेन्ट, गन, भन्दै पदमपोखरीमा गएर पोलर स्नान गरी अक्षत कैलाश सरसर्ती घुमी, देशदेशावरमा यायावर बनेको मज्जा लिने नि, उत्तम मनुज बनी शान्ति र प्रेमको उपासक हुने नि ! “मधुबालाको स्वअध्ययन कडा।
“हो, तम = अन्धकार, घाम लागेपछि बस्छ त तिमिर, बस्छ त तम ? सामान्य कुरा !” प्रोफेसर ।

“गुरु बाको कुरा बुझ्न गोपी भएर जन्मिनुपर्छ, त्यो पनि सुकरात गुरुको।” अनन्त झापाली बोल्यो। “घाम लागेपछि !” सबैको मनमा यही कुरा खेल्यो। मधुबालाको अनुहार उज्यालो भयो।

०००
हाल- क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइलको ठाँडो

मोबाइलको ठाँडो

रामप्रसाद पन्थी
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x