साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेर्दा राम्रो संसद भवन

ताली खान पल्केका ती गाली मात्र खान्छन् अब फेरि जाउन् गाउँ अगुल्टाले हान्छन् । घाँटी थिच जनताको उद्धार हुन्छ तिम्रो विकृतिलाई जन्माउ छिटो नाम रहन्छ हाम्रो ।

Nepal Telecom ad

माधव पोखरेल गोज्याङ्ग्रे :

हेर्दा राम्रो संसद भवन भित्र लुछाचुँडी
सधैँ जात्रा देखाउँछन गन्य मान्य भुँडी ।
गन्धे झोल संसदमा गन्हाउँछ ह्‌वास्स
बेथितिको चाङ देख्दा मुटु दुख्छ च्वास्स ।
हेर्दा राम्रो …

विपक्षीको तीखो बोली सम्झन्छु म झ्‌वास्स
तिनै सांसद निदाउँछन दिनैभरी फ्‌वास्स ।
नियम कानुन बनाउँदै छन् दफा चपाएर
अर्कोतिर खोस्टा फाल्छन आफैँ लजाएर ।
हेर्दा राम्रो …

आफू बस्ने कुर्सीहरु भाँचे बल गरी
देख्छु आजकल माननीय छिचिमिरा सरी ।
चोक्टा खान संसद पुगे झोलमा आफै डुबे
पाँच वर्षे खेती गर्दा जजनता सबै लुछे ।
हेर्दा राम्रो …

मधेशका मसिहा नि पिजरा भित्रै लुके
खुला आकाश देखाउने सपना मात्र भुके ।
अधिकार खोज्नेहरु लुक्छन कुना पसी
ठूला कुरा यिनकै हुन्छ भुक्छन बसी बसी ।
हेर्दा राम्रो …

संविधान खोस्टा सरी भन्छन घरी घरी
आफै धामी आफैँ बोक्सी बन्छन घरीघरी ।
जनादेश भष्माशेष कचौरा छ हातमा
मतदाता रुवाएर को को भए साथमा ।
हेर्दा राम्रो …

ताली खान पल्केका ती गाली मात्र खान्छन्
अब फेरी जाउन् गाउँ अगुल्टाले हान्छन् ।
घाँटी थिच जनताको उद्धार हुन्छ तिम्रो
विकृतिलाई जन्माउ छिटो नाम रहन्छ हाम्रो ।
हेर्दा राम्रो …

०००
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मुसालाई शिक्षा

मुसालाई शिक्षा

माधव पोखरेल गोज्याङ्ग्रे
बोकाको बिहे

बोकाको बिहे

माधव पोखरेल गोज्याङ्ग्रे
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
लुट्यो डोजरले

लुट्यो डोजरले

माधव पोखरेल गोज्याङ्ग्रे
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x