साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रैछन् यिनी रावण

हाल्यौँ भोट चुनावमा घरिघरी, राम्रा यिनै छन् भनी गर्छन् शासन यी निरङ्कुश अझै, राजा रजौटा बनी । सुध्री आउ चुनावमा अब तिमी, पर्दा उघारी कन कालो दाग छ जो निधार तटमा, धोई पखालीकन।।

Nepal Telecom ad

बालकृष्ण खनाल :

चाहन्थे जनता नयाँ किसमको, त्यो राज्य शत्ता यहाँ
फेरिन्छन् अनुहार मात्र जनका, फेरिन्न शासन जहाँ ।
राणा शासन फाल्दछौँ भनि मरे, पुर्खाहरूले जहाँ
उनकै शासन चल्छ आज सममा, योदेश नेपालमा।।१

फेरिन्छन् मसिना किरा र कमिला, फेरिन्न शासन कबै
भन्छन् फेर्न परेछ इन्जन सबै, उस्तै छ इन्जन अझै ।
कस्को हैकम चल्छ यो मुलुकमा, को रैछ साँडे यहाँ
शंकम लाग्छ मलाइ यो मनमनै, नेताहरूका जहाँ।।२

बन्छन् मित्र चुनावको समयमा, भन्छन् समस्या छ के ?
दिन्छौ भोट भने अभाव सबको, गर्नेछु पुर्ती छ जे ।
बन्छन् राम समान रावणहरू, गर्छन् मिठा भाषण
झुक्याए जनता म राम हुँ भनी, रैछन् यिनी रावण।।३

हाल्यौँ भोट चुनावमा घरिघरी, राम्रा यिनै छन् भनी
गर्छन् शासन यी निरङ्कुश अझै, राजा रजौटा बनी ।
सुध्री आउ चुनावमा अब तिमी, पर्दा उघारी कन
कालो दाग छ जो निधार तटमा, धोई पखालीकन।।४

अर्को छैन विकल्प यो मुलुकमा, यो तन्त्र भन्दा अरू
नेता औ जनता मिलेर सबले,र क्षा यसैको गरुँ।
राम्रो हो गणतन्त्र राजनीतिमा नेता गतिला भए
सारा तन्त्र अरू अफाप हुनगै, संसारबाटै गए।।५

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
के के नयाँले गरे

के के नयाँले गरे

बालकृष्ण खनाल
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
पैसा कमाएपछि

पैसा कमाएपछि

बालकृष्ण खनाल
बोल्दै नबोल्ने भयो

बोल्दै नबोल्ने भयो

बालकृष्ण खनाल
भागेर जो गैगयो

भागेर जो गैगयो

बालकृष्ण खनाल
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x