साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोरु ब्याएपछि …?

अब क्रमश…. तारे गोरु ब्याउँछ घण्टे गोरु ब्याउँछ अरु सबै, नयाँ नयाँ नामका नयाँ नयाँ कामका गोरु ब्याउने त्यही दिनको प्रतिक्षामा छौँ हामी जब सबै गोरु ब्याएर सकिन्छ

Nepal Telecom ad

गायत्री लम्साल :

आहा मस्ति छौँ हामी,
फेरि पनि
उही माले गोरु
ब्याएको उन्मुक्त उपलक्ष्यमा
घाँस कुँडो पकाएर ख्याएका छौँ ।
उसको सुत्केरो ज्यान जोगाउन
तेलमा मेथी फुराएर
घसेका छाँै ।
दशै दिशाबाट उसलाई
बधाई र शुभकामनाको
ओइरो चलेको छ ।
कठै हामी बिचरा
जसले जति सक्छौँ,
सुत्केरो मसलाको
पहिरो चलेको छ ॥

अब क्रमश….
तारे गोरु ब्याउँछ
घण्टे गोरु ब्याउँछ
अरु सबै, नयाँ नयाँ नामका
नयाँ नयाँ कामका गोरु ब्याउने
त्यही दिनको प्रतिक्षामा छौँ हामी
जब सबै गोरु ब्याएर सकिन्छ
तब,
तिनै गोरुको लौनो दुःध बेचेर
घरको समृद्धि, मनको समृद्धि, देशको समृद्धि
अनि संविधानका सबै धाराहरुमा
आमूल परिवर्तन आउनेछ,
समग्र नेपालीको मन र मस्तिष्कमा
सुखशान्ति र अमनचयन छाउनेछ ॥

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x