साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पापिष्ट द्रोहीहरू !

फाल्यौ मन्दिर; मूर्ति; संस्कृति सबै संस्कार आस्था सब ! ढाल्यौ स्वत्त्व समेत राष्ट्र गरिमा हाम्रा सबै गौरव ! जल्नेछौ; तर राष्ट्रको दहनमा हाँस्यौ रमायौ बरु ! जान्यौँ नाटक त्यो सबै विगतको पापिष्ट द्रोहीहरू !

Nepal Telecom ad

होमनाथ घिमिरे :

यौटा हिन्दु जलाइयो सडकमा बोल्दैन नेता किन !
चाहे हुन् दल पत्रकार कवि वा विद्वान् गुणी सज्जन !
तिम्रो मानवता कहाँ छ अहिले दुख्दैन आत्मा बरु !
बेच्यौ धर्म यहाँ दलाल दल हौ नेता निकम्माहरू ?

टाढा छैन छिमेकको मुलुकमा हत्या र हिंसा बढ्यो !
अर्कै धर्म भनेर भेद गरियो मस्तिष्क मान्छे सड्यो ।
बोल्दैनन् किन आज क्रिश्चियनका बोल्ने र लेख्नेहरू !
के गर्छौ अहिले विरोध त्यसको ढोँगी मगन्तेहरू ?

लेख्दैनन् घटना अझै कवि यहाँ अन्याय यो बर्बर !
देख्दैनन् किन पत्रकार अहिले बीभत्स हत्या तर !
आफ्नैमात्र बखान नित्य छ यहाँ गर्छौ प्रशंसा अरू ?
खाँदैछौ कसरी अझै डलर त्यो हे दुष्ट पापीहरू ।

बङ्लादेश जल्यो जल्यो मुलुक त्यो जो हिन्दु हुन् मारिए !
के होला अब भोलि यो असरले नेपाल जल्दै गए ???
भाँड्दैछौ किन साम्प्रदाय यसरी सद्भाव हाम्रो बरु !
बेच्छौ राष्ट्र समेत नागरिकको नेपाल बेच्नेहरू !

सारा जीव जगत् समान छ भनी वेदान्तले बोल्दछ !
यौटै धर्म परोपकार छ भनी माहात्म्यले खोल्दछ !
यौटै हौँ; समदृष्टि भाव छ सधै बन्धुत्व मान्छौँ अरू !
हौ राक्षस ; निष्कलङ्क नरको मा-यौ तिमीले बरु !

फाल्यौ मन्दिर; मूर्ति; संस्कृति सबै संस्कार आस्था सब !
ढाल्यौ स्वत्त्व समेत राष्ट्र गरिमा हाम्रा सबै गौरव !
जल्नेछौ; तर राष्ट्रको दहनमा हाँस्यौ रमायौ बरु !
जान्यौँ नाटक त्यो सबै विगतको पापिष्ट द्रोहीहरू !

०००
भरतपुर चितवन !
९ पौष, २०८२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
के के हुन्छ …

के के हुन्छ …

हाेमनाथ घिमिरे
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
विश्वास !

विश्वास !

हाेमनाथ घिमिरे
लाग्दैछ यस्तो किन !

लाग्दैछ यस्तो किन !

हाेमनाथ घिमिरे
चिन्ता छ !!

चिन्ता छ !!

हाेमनाथ घिमिरे
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x