साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रङ्ग न ढङ्गको रङ्गपुराण

हुन त यस्तै महादुर्गन्धित रङ्गहरूको सङ्गमा रहि रङ्गरौस गर्नु नै एकदम सहि भन्नेहरू पनि गाउँगाउँमा, टोलटोलमा, झोलमोलमा, एकै सगोलमा, अलग खोलमा अनेक रङ्गले देखिन्छन् ।

Nepal Telecom ad

रामकृष्ण ढकाल :

रङ्गका कुराहरू बेलाबखतमा झुल्किइरहन्छन् । कहिले कस्तो रङ्ग न ढङ्गको कुरो भनेर कहिले इन्द्रेणीका रङ्ग हेरेर कहिले पर्वको रङ्गमयतालाई लिएर कहिले, छेपाराको साथमा कहिले राजनीतिको हातमा । हुन पनि रङ्ग न ढङ्गको कार्यहरूका लामो न लामो जुलुस यो देशमा नभएको भए न भदौ २३ र २४ को इज्जत रहन्थ्यो न अनेक रङ्गका गफहरूले सियो पसल, दियो पसल, चिया पसल गर्दै स्थान पाउँथे । त्यसैले रङ्गको पनि आफ्नै महत्त्वपूर्ण स्थान छ । अझ इन्द्रेणी रङ्गका गफ बेचेर पुरानो हाँडिको रङ्ग किन्नेहरूको त कुरै बेग्लै ।

फलानो कर्मचारिले, ढिस्कानो ठेकेदारले, फिस्कानो नेताले, हिस्कानो झोलेले, जिस्कानो व्यक्तिले अमूक कार्यको योजनाको जिम्मा लिएर आफूलाई र आफन्तलाई बेस्सरी दिएर अभावको जिमाहा लगाएकोले सम्बन्धित क्षेत्रका स्थानीयले निजलाई मोबिल दले, कालो रङ्ग लाइदिए भनेर हामिए बेलाबेलामा सुनेकै हो । हुन त देशका हात्तिदलहरूका हज्जारौं नेता कार्यकर्ताले यो खाले पुरस्कारको जोडदार माग गरिरहेकैछन् । अझ त्यतिमात्र कहाँ हो र ? कैयौं योजना, आयोजनालाई खायोजना मार्फत गयोजना बनाएर हाँडिपिँधे रङ्गमा पुरस्कारको माग गर्नेमा कैंयौं कर्मचारी, ठेकेदार लगायत हजारौं छन् । तर के गर्नु जनताले कुरा नबुझेपछि मनमा कुरा नलिएपछि धर्तिलाई दुख हुने नै भयो, सभ्यता सधैं रुने नै भयो ।

देशले कुशिक्षा कुसंस्कार कुशासन मार्फत बिदेशमा बेचेका युवाहरूको रङ्ग, गाउँगाउँमा दिनरात बिना सहारा रोइरहेका अनुहारहरूको रङ्ग, विदेशीको इशारामा जबर्जस्ती लादिएको अन्यायी कानूनको पीडाले जिउँदै जलेका पीडितहरूको रङ्ग, अनेक दुश्चरित्रधारीको निकृष्ट कुकर्मले शिरमा बज्र हानिएका आत्माहरूका रङ्ग, पाइलैपिच्छे घुस कमिशन बुझाउनु पर्दा देखिएको सेवाग्राहीको रङ्ग, जनता र देशको थाप्लोमा अरबौं अरब ऋणको हिसाब फैलाएर नेताको घरका कोठाहरूभरी तोडा थुपार्नेको रङ्ग, उम्मेदवारीको नाममा पैसाले किनबेछ हुने टिकटका ऊमूर्दारिको रङ्ग, धोती लगौंटी खोलेर हाम्रो देशको आन्तरिक कुरामा कुकर्मी दवाव दिने तथाकथित मित्रराष्ट्रहरूको रङ्ग यस्ता रङ्गहरू हुन जुन देख्न भोग्न मात्र हाँडिपिँधे होइन अझ महादुर्गन्धित पनि हुन ।

हुन त यस्तै महादुर्गन्धित रङ्गहरूको सङ्गमा रहि रङ्गरौस गर्नु नै एकदम सहि भन्नेहरू पनि गाउँगाउँमा, टोलटोलमा, झोलमोलमा, एकै सगोलमा, अलग खोलमा अनेक रङ्गले देखिन्छन् । यो सारा सृष्टि कालो मनबिच छ भने दम्भ दुर्भाव कालो भनेर हाम्रा कविशिरोमणिले धेरै पहिले नै हाँडिपिँधे रङ्गसम्बन्धी कविता लेखेकै हुन । तर मनसून भए पहिरो भनसून भए ओइरो भन्ने हाम्रो समाजका अत्याधुनिक महासभ्यहरूले यो रङ्ग न ढङ्गको रङ्गपुराणको अभिप्राय नबुझिदिँदा देशको इतिहासमै हालको समय शासक अनि तिनका आउरे बाउरे चम्चे धुपौरे झोलेझाम्टे जुम्रे जगल्टे भुस्तिघ्रे अह्रौटे भरौटे कुरौटे आदि इत्यादी सहित कैयौं कर्मचारी नेता … समेतको अगणित गण आधुनिक नन्दी भृङ्गी भूतप्रेत पिशाचमा दर्ता भएका छन् ।

कुरङ्ग र सुरङ्ग नामक दुई भाइ दैंत्यहरू र ती मध्ये एकको तर्फबाट भैंसीमार्फत जन्मिएको सन्तान महिषासुरको इतिहास बेलाबेलामा पढेलेखेका भएर पो हो कि देशका डाडु पन्यु समाउनेहरू सिंहदरबारदेखि खरायो घरबार सम्मका अधिकांश उही हाँडिपिँधे रङ्गको पुरस्कार अनुहारमा थाप्न मरिहत्ते गर्ने धुन्धुकारी भएका ।

०००
२०८२ मङ्सिर २९
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धन्यवाद हुजुर

धन्यवाद हुजुर

रामकृष्ण ढकाल
मैले त केही बुझिनँ

मैले त केही बुझिनँ

रामकृष्ण ढकाल
देश के हाे बुझिस् ?

देश के हाे बुझिस्...

रामकृष्ण ढकाल
स्याबास काग !?

स्याबास काग !?

रामकृष्ण ढकाल
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x