साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कार्यक्रमको मज्जा, प्लास्टिकको खाजा

Nepal Telecom ad

धेरै दिन अघिदेखिको सिस्नुपानीको निम्ता मान्न नजाने कुरो पनि भएन गइयो । रुसी सांस्कृतिक केन्द्र कमलपोखरी पुग्दा सिस्नोपानीको तुक्यौली कार्यक्रम करिव सुरु हुनै लाग्या रहेछ । गेटैमा सुरक्षा गार्डले रोक्यो र भन्यो मोटरसाईकल पार्किङ स्पेस छैन ठाउँ भरियो । म लगायत मसँगै पछिपछि जानुभएका मेरा मित्र बाईक रोकेर ट्वाँ परियो । कार्यक्रम हेर्न भनेर आएको त्यसै फर्किने कुरो पनि भएन तर बाईक कता पार्किङ गर्ने समस्या सृजना भयो । बाटोमा त्यसै छाडेर जाउँ भने पनि नगरपालिकाको हजारे हुस्सुदण्ड पहिलै भोगिसक्या थ्यो । एकमनले त फर्किने सल्लाहा पो दिँदैथ्यो फेरि कार्यक्रमको चस्कोले अड्कायो । सिटी कम्ल्पेक्स मुनि लगेर बाईक थन्क्याएर आइयो । गेटैमा झ्याईंकुटी लट्रीको नम्बर लिएर बस्या रहेछ । नम्बर लिएर भित्र गएको सिट सबै भरिभराउ भएको रहेछ । मैलेसम्म एक कुनामा सिट पाएँ र बसें मेरा दुई मित्रहरु हलको सिंडीमा थ्याच्च बसे । करिव सवा दुई घण्टा थप्पडी मार्दै हाँसियो । हाँस्दा हाँस्दा भोकै लागिसक्याथ्यो ।
सन् २०१४ को अप्रिल फुल । कहिले मनोज गजुरेलले रेल कुदाउँछन्, कहिले कोमल ओलीको कोमल बोलीले मन सुकोमल बनाउँछ । बिचरीले पोईल जान नपाएको व्यथा त्यहाँ पनि पोखिन् । प्रा.डा. अभि सुवेदी, लक्ष्मण गाम्नागे, मादव पोख्रेल, कृष्ण धरावासी लागायत शीर्ष व्यक्तित्वहरूको तुक्का मजाले सुनियो । कोमल ओलीले आफ्नो छिप्पिदो उमेरलाई टाईट पाईण्ट र झिल्के सर्टले निखारेर जवानी देखाएकी थिईन् । मञ्चमा आसिन बुढाहरु घरिघरि तिनलाई चियाउँथे नजानिदो गरी । सायद तिनैलाई देखेर हुनुपर्छ बहुत रसिला रसिला तुक्काहरुबाट पाका स्रष्टाहरू समेतले हल उचालेका थिए ।
एकजना अमेरिकन भाइ हुन् कि दाइ हुन्ले बेलुनमा हावा भरेर केटाकेटीलाई हँसाए । नयाँ सृजना भने खासै सुनिएन । तुक्केहरूका लागि तीन मिनेटको समय कडाईका साथ लागु गरिएको थ्यो । एकजना तुक्काकार उनको एकजना साथीको घरमा गएर गउँत खाएर आउँदा बाटोभरि आफूलाई साँढेले लखटेको गुनासो पोख्दै थिए भने कोही लिफ्ट दिँदा फसेको सुनाउँदैथे । हाँसियो मज्जाले चित्त खोलेर ।
कार्यक्रमको अन्त्यतिर मनोज गजुरेलले एनाउन्स गरेपछि बल्ल गेटमा दिएको नम्बरको बारेमा थाहा लाग्यो त्यो त हावा लट्री रहेछ भन्ने कुरा । डोकामा केही कागजका टुक्रा ल्याएर मञ्चमा घोप्ट्याई काम सकियो । नम्बर लेख्या कागज खल्तीमा टटोल्दाको हत्तु तर लट्री त फुस्सा । कार्यक्रम सकेपछि बाहिर खाजा राखिएको छ खाएर जानु होला जस्ले नखाई जान्छ उसलाई सिस्नोपानीको आगामी दिनको कार्यक्रममा प्रवेश रोक लगाइने छ भनियो । भनाइमा नै शङ्का त थियो तर पनि बाहिर जाँदा थाहा होला भनेर निस्कियो । बाहिर सबैजनाले सेतो कागजको खाजा पाकेट तँछाड मछाड गर्दै लिँदै थिए । वा, खाजा त प्याकेटकै रहेछ भनेर मख्ख पर्दै हुल छिचोलेर काउण्टरमा पुगेर एक पाकेट मैले पनि लिएँ । पाकेट उचाल्दा शङ्काको लेबल झनै बढ्यो । तै पनि ढाँटको निम्ता खाई पत्याउनु पर्छ भनेर पाकेट खोल्या त प्लास्टिकको एक सानो झुप्पा अङ्गुर पो हाल्या रहेछ । खसोखास लट्री त त्यो पो रहेछ हा हा हा… । अप्रिल फुल त मजाले मनाइयो सिस्नोपानीसँग ।

गल्को पाखा, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
0
Would love your thoughts, please comment.x
()
x