साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गति–दुर्गति

Nepal Telecom ad

ब्युटिपार्लरमा जान्छिन् पार्वती दिनका दिन
सँगी साथी उनीभन्दा पछाडि पर्दथे किन ?
दोहोरी रेस्टुराँ पुग्छिन् सरस्वती सरासर
लक्ष्मीलाई छ क्यासीनो पानीधारा बराबर !

आजको युगमा उल्लु चढी उल्लु हुने किन
पाजेरो चढ्दछिन् लक्ष्मी दौडमा श्रेष्ठता लिन !
सरस्वती खुलेआम प्राडोमा सर्सराउँछिन्
खाजामा हाँसको मात्रै छोएला पो रुचाउँछिन् !

सवारी पार्वती निम्ति भने जस्तै भए पनि
भोजनमा भने जस्तो नहुँदा सोंच्दछिन् उनी
खान मिल्ने गरी जुर्रो कुन त्यो देशमा सरूँ
खान मिल्दैन साँढेको मासु यहाँ कसो गरूँ ?

सुसारे हिजोका साँढे, उल्लु, हाँस भए जति
सहेर के गरी बस्थे यस्तो कठोर ज्यादती
यो बेला हो यही जुक्ति चलेको राष्ट्रमा थियो
भोक हड्ताल नै गर्ने निधो बैठकले लियो !!

हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म हुँ बाँदर

म हुँ बाँदर

युगल बसेल
कोशी नदीमा किन हाम फाले ?

कोशी नदीमा किन हाम...

आत्माराम न्यौपाने
विकासको फल हेर्ने भए

विकासको फल हेर्ने भए

राजकुमार लामिछाने
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
0
Would love your thoughts, please comment.x
()
x