साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सार्वजनिक सरोकारको सूचना

Nepal Telecom ad

आन्तरिक पर्यटक महोदय !

तपाईं मेरो सहर घुम्न आउनुस् । रहर जति उतै बिसाएर आउनुस् । यहाँ नाना थरी गुमाउनुस् । र, बदलामा थुप्रै थरी लिएर फर्कनुस् । मेरो सहर मज्जाको छ । सडक उस्तै छ । चालचलन त्यस्तै छ । सहरीकरणको बारेमा कसैले भन्न टाउको दुखाउनु पर्दैन । किनभने सुधारेर कहिल्यै सुध्रिन्न । चेष्टा नगर्दा पनि हुन्छ । यहाँ खानेपानी खानुहुन्न । बिजुली बाल्न हुन्न । मात्र दर्शन गर्नुपर्छ । तर, महिना नवित्दै विल चुक्ता गर्न भने भुल्नुहुन्न । नत्र २५ प्रतिशतसम्म जरिवाना नबोली भर्नुपर्छ ।

सरकारी कार्यालयमा भोलिवाद र भ्रष्टाचार नामक भिटामिनका पोका सित्तैंमा पाइन्छ । जति चाह्यो त्यत्ति लिन सकिन्छ । काम गराउनुछ त पाउ मोल्नुस्, छैन त घरमै थन्किनुस् । नियम टेबलमुनि लुक्छ । माथि त बहुला कुकुरझैं एकोहोरो भुक्छ । ‘सरकारी काम कहिले जाला घाम’ भन्ने कुरा यहाँ पनि लागू रहेछ भन्नुहोला । त्यसो हैन, चाहेको खण्डमा एघाह्र बजे राती पनि सरकारी अफिस खुलेर काम हुन्छ । त्यसका लागि भने ठूलै धनराशी लेनदेन हुन्छ । दिन जान्नुपर्छ । काम त जस्तो पनि जति बेला पनि फत्ते भई हाल्छ । निजी क्षेत्रमा शोषण स्वीकार्नुपर्छ । महंगीले आकाश छोएको हेर्न पाइन्छ । हुनेखानेको अहङ्कार भोग्न पाइन्छ । मज्जा छ– कोठाबाहिर निस्कँदा मास्क नलगाए र कालो चश्मा नपहिरिए पेटमा परेको अन्नपानी मुखबाटै निकाल्नुपर्छ । हुँदाहुँदै अस्पतालको सेतो वेडको साथी हुनुपर्छ । त्यसैले त भन्छु– यहाँ सुविधैसुविधा छ । धन नहुनेलाई भने पाइलैपाइलामा काँडैकाँडा छ ।

बडो विनम्रताका साथ सूचना जारी गरिरहेछु । सूचना लेख्ने हैसियत भए, नभएको भन्ने कुरा बेग्लै हो । तर, सहरको बासिन्दा भएको छु । आखिर म यतै जन्मेर, हुर्केर र बुझेर यहाँसम्म आएको छु । अहिलेसम्म एक तिहाई उमेर खाएको छु । मृत्यु नजिक पुग्न अब धेरै बाँकी छैन । त्यसैले हर्षका साथ आमन्त्रण पत्र कोर्दै छु ।

अरू कुरा छाडौं । लहरो तान्दा पहरो गर्जने कुरा नगरौं । म तपाईंलाई बोलाउँदै छु । एक–दुई रात यहाँ विताउन भन्दै छु । यहाँ आएर खर्च गर्नुस् भन्दिनँ । धेरै दिन ठहर्न पनि वाध्य पार्दिनँ । धेरै कुरा ल्याउनुस् र यहीं त्यागेर जानुस् पनि भन्दिनँ । बरू जाने बेलामा सक्दो लिएर जानुस् भन्दै छु । तपाईंले जति लगे पनि यहाँ काम कम हुन्न । थोरै हल्का मात्र हुन्छ । थोरै मानसिक विश्राम मात्रै मिल्छ ।

के गर्नु महाशय ! कुरो चर्को छ । झर्को र फर्को गर्न सख्त मनाही छ । सक्दा हँसाउन पाइन्छ तर आफू हाँस्न पाइन्न । साँच्चै हाँस्न त ठूलो टाउको लिएर जन्मनुपर्छ । सानो टाउकोमा धेरै गिदी जम्मा पनि गर्नुहुन्न । श्रीमतीको सिउँदो सिद्धिएला भन्ने त्रास हुन्छ । विस्तार–विस्तार मृत्यु सामु हाजिर हुने मन हुँदाहुँदै उफ्रेर एक्कै पटक पुग्नुपर्ने अवस्था आउँछ । बरू तँ पनि चुप, म पनि चुपको रणनीतिले मात्रै आनन्दको श्वास फेर्न भेटिन्छ ।

सुतेको विस्तरामा अडिन पाइन्न । एक हुल मच्छड आउँछन् । जताततैबाट टोक्छन् । आफू भने शरीर बचाउ आन्दोलनमा सरिक हुनुपर्छ । प्याट्टपुट्ट हान्दाहान्दै शरीर थङ्थिलो हुन्छ । मच्छड–दण्डबाट जोगिन आफैंले आफैंलाई दण्ड दिँदा पनि धर पाइन्न । रक्तदान नदिई सुख भेटिन्न । दर्द नसही हुन्न । पार पाउने उपाय सोच्यो । झ्याल–ढोकामा जाली लगायो । अझ ओछ्यानमा पनि झुल लगायो । तापनि खै, कताबाट छिर्छने ! पत्तै पाइन्न ।

उमेर सानो छँदा म गाउँमै बस्थेँ । मच्छड नामधारी जीव पनि हुन्छ भन्ने सुनेको थिएँ । कस्तो हुन्छ भन्ने थाहा पाएको थिइन । आजकल भने गाउँमा पनि मच्छडको बसोबास घना भएछ । जताततै भेटिने अवस्था आयो । तर, गाउँका मच्छड अझै इमान्दार छन् । लाजसरम मान्छन् । र, अलिक डरपोक पनि छन् । दिनदहाडै डस्ने हिम्मत गर्दैनन् । बच्न मच्छडदानी प्रयोग गरे पर्याप्त हुन्छ । यहाँ सहरमा भने तालीम प्राप्त मच्छड छन् । तिनीहरूको बिगबिगीको बखान गरी साध्य छैन । जस्तो उपाय लगाए पनि दर्द नसही सुख हुन्न । मसिना खालका मच्छड हुन्छन् । खान नपाएर रोगाएका हुन् कि जन्मजात नै त्यस्तै हुन् कुन्नि ! कोठामा बग्रेल्ती भेटिन्छन् । जालीबाट छिर्नु, अझ झुलभित्र पनि छिर्नु र डस्नु ! यसो गर्नु पर्दा तिनीहरूलाई पनि महाकष्ट पर्दो हो । जतिसुकै सुरक्षा कवज अपनाए पनि सुरक्षित हुन सकिएन । ज्ञानेन्द्र–नियति भोग्न विवशजस्तो लाग्दैछ । यत्तिखेर २०५९ सालमा सैनिक मेजरका मुखारविन्दबाट निस्केका कुरा सम्झना गर्दैछु– ‘हेर्नुस् ! ज्ञानेन्द्र महाराज हामी, सशस्त्र र जनपद प्रहरी गरी तीन थरीको सशक्त घेरामा घेरिबक्सेको छ । कसैले मोसुफको आसनलाई डगमगाउन त के छुन पनि सक्दैन ।’ पत्रकारका बारेमा त के भनौं र ! पछि उनकै आशनमा ढल्की–ढल्की पत्रकारहरू चाहिँ मिलिमिली फोटो खिचाएको कुरो बुझिन आयो । अहिले मेरो सहरबासीको हालत त्यस्तै भाको छ ।

तपेश्वरी–१, गल्फडिया, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छलकपट

छलकपट

नन्दलाल आचार्य
आधुनिक नेता चालिसा

आधुनिक नेता चालिसा

नन्दलाल आचार्य
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x