सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मन्त्रीजीका हरचीज चिल्ला

Nepal Telecom ad

मन्त्रीका गोठ पनि चिल्ला
मन्त्रीका ओठ पनि चिल्ला
अरु त अरु–
मन्त्रीका कोट पनि चिल्ला
कोटभित्र कड्कडिया नोट पनि चिल्ला
चौध अञ्चल पचहत्तर जिल्ला
मन्त्रीजीका हरचीज चिल्ला
मन्त्रीका गाला पनि चिल्ला
मन्त्रीका छाला पनि चिल्ला ।

अरु त अरु–
मन्त्रीका साला पनि चिल्ला
सालाका गाला पनि चिल्ला
चौध अञ्चल पचहत्तर जिल्ला
मन्त्रीजीका हरचीज चिल्ला ।

मौरीका चाका पनि चिल्ला
मन्त्रीका भाका पनि चिल्ला
अरु त अरु–
मन्त्रीका काका पनि चिल्ला
काकाका आका पनि चिल्ला
चौध अञ्चल पचहत्तर जिल्ला
मन्त्रीका हरचीज चिल्ला ।

मन्त्रीका हाँडी पनि चिल्ला
मन्त्रीका खाँडी पनि चिल्ला
मन्त्रीका साडी पनि चिल्ला
मन्त्रीका गाडी पनि चिल्ला
अरु त अरु–
मन्त्रीका टाउकामा टोकेर ढाडिएका
जुम्रा र ढाडी पनि चिल्ला
चौध अञ्चल पचहत्तर जिल्ला
मन्त्रीका हरचीज चिल्ला ।

जनपथटोल, विराटनगर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ब्युटिफुल फाइट

ब्युटिफुल फाइट

लावण्य सापकोटा
पाँच कविता

पाँच कविता

लावण्य सापकोटा
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’