साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन्त्रीजीका हरचीज चिल्ला

Nepal Telecom ad

मन्त्रीका गोठ पनि चिल्ला
मन्त्रीका ओठ पनि चिल्ला
अरु त अरु–
मन्त्रीका कोट पनि चिल्ला
कोटभित्र कड्कडिया नोट पनि चिल्ला
चौध अञ्चल पचहत्तर जिल्ला
मन्त्रीजीका हरचीज चिल्ला
मन्त्रीका गाला पनि चिल्ला
मन्त्रीका छाला पनि चिल्ला ।

अरु त अरु–
मन्त्रीका साला पनि चिल्ला
सालाका गाला पनि चिल्ला
चौध अञ्चल पचहत्तर जिल्ला
मन्त्रीजीका हरचीज चिल्ला ।

मौरीका चाका पनि चिल्ला
मन्त्रीका भाका पनि चिल्ला
अरु त अरु–
मन्त्रीका काका पनि चिल्ला
काकाका आका पनि चिल्ला
चौध अञ्चल पचहत्तर जिल्ला
मन्त्रीका हरचीज चिल्ला ।

मन्त्रीका हाँडी पनि चिल्ला
मन्त्रीका खाँडी पनि चिल्ला
मन्त्रीका साडी पनि चिल्ला
मन्त्रीका गाडी पनि चिल्ला
अरु त अरु–
मन्त्रीका टाउकामा टोकेर ढाडिएका
जुम्रा र ढाडी पनि चिल्ला
चौध अञ्चल पचहत्तर जिल्ला
मन्त्रीका हरचीज चिल्ला ।

जनपथटोल, विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ब्युटिफुल फाइट

ब्युटिफुल फाइट

लावण्य सापकोटा
पाँच कविता

पाँच कविता

लावण्य सापकोटा
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x