साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देउताहरू कस्ता कस्ता !!

Nepal Telecom ad

बहुदलवादी थिए राम, बाँदरलाई मात्र साथी लिए
निर्दलवादी थियो रावण, दैंत्यले मात्र साथ दिए
जनवादी भए शंकर, ताण्डव नृत्य गरि गरि
साँढे, सर्प, पिचास, भूत, भोका, नाङ्गा वरिपरि ।

पानीमरुवा थिए पाण्डव लुके वनमा लडे पनि
पुँजीवादी धृतराष्ट, अन्धो पापी अनि धनी
आतङ्कवादी दुर्योधन हार्नैलाई लडी रह्यो
भएकोमा थपौं भन्दा, भएको नै पनि गयो ।

सामन्तवादी सबै देउता, आफूमाथि अरु तल
साम्यबादी ति राक्षसलाई, देव दानव बराबर
अधिनायकवादी ती इन्द्र र, अरुलाई दबाउने
शक्तिमा कोही अघि आए, जालमा पारी लडाउने ।

प्रतिकृयावादी हो राहु, अरुमा खोट लगाउने
उग्रवादी भई सूर्य सबैलाई तताउने
माक्र्सवादी हेर चन्द्र रुप फेर्छन् हरेक दिन
पूर्णिमा भए पूर्ण औशीमा नै खत्तम हुन ।

संसदवादी थिए नारद, जता फाइदा उतै मिले
सत्यवादी भई कृष्ण गोपिनीबीच सधैं झुले
यथास्थितिवादी थिए ब्रह्मा, एउटै फूलमा सधैं बसी
एउटा सृष्टि गरे उहिले, हेर्छन्, बस्छन् त्यही अझै ।

तेतिसकोटी त देवतै थिए, अरु प्राणी कति कति
त्यत्रो विभिन्नतावाद, अटाउने धर्म संस्कृति
खुम्चिएर अब अहिले, दुइकोटी हुँदा पनि
अटाएनन् र उठेका छन्, महाभारत गरौं भनी ।

बत्तिसपुतली, काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x