साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दर्शनदेव

Nepal Telecom ad

‘हामी आफूले आफैंलाई विश्वाशघात गरेर बिग्रियौं ।’ निकैबेर आँखा चिम्लेर सोंचमग्न भएपछि बोल्यो, ऊ । ऊ अर्थात दर्शनदेव आचार्य ।

कुनै गम्भीर कुरा सोंच्नु पर्दा आँखा चिम्लने उसको सानैदेखिको बानी हो । सानोमा अलि थोरै चिम्लन्थ्यो । अचेल अलि बढी नै चिम्लन्छ ।

उसका बाउ गाउँका प्रकाण्ड ज्योतिष हुनुहुन्थ्यो । हामी ज्योतिषबा’ भन्थ्यौं । ज्योतिषबा’ पनि कसैको चिना पल्टाएपछि पटक पटक यसैगरि आँखा चिम्लेर घोत्लिनु हुन्थ्यो र संस्कृतका कुनै श्लोकबाट याचकको भाग्यको फैसला सुनाउन थाल्नु हुन्थ्यो । तर ज्योतिषबा’ अहिले यो लोकमा हुनुहुन्न ।
आँखा चिम्लनु उसले पिताबाट पाएको आनुवंशिक उपहार थियो ।

कम्तिमा पनि सर्टको कलर ढाक्ने गरी लामै कपाल पाल्छ ऊ । बिहान उठेपछि नुहाउँछ र चिसैमा लामो कपाल लरक्क पछाडि लर्काउँछ । बस्दा पद्मासनमा बस्छ । आधा बिहान पूजा पाठमा बिताउँछ । घरमा बुढ्यौलीले कुप्रिएकी एकथान श्रीमती मात्रै छन् । जवानीका उत्पादनहरू विदेश निर्यात भइसकेका छन् ।

सेवा निवृत प्राचार्य हो ऊ । लगभग प्रत्येक साँझ मेरो रेस्टुरेन्टमा आउँछ । सेवामा छँदा आउने गरेको बानी अझै टुटेको छैन । साँझ तताउने उसको आफ्नै ब्राण्ड छ र स्केल पनि । कोटा पूरा गरेपछि ऊ उठ्छ । जुत्ता मोजा खोलेर कुनामा थन्क्याउँछ । गिलास र रित्तो प्लेटलाई अघि आफू बसेकै कुर्सीमा आसन ग्रहण गराउँछ । गिलास र प्लेट राख्ने टेबललाई मञ्च बनाउँछ र आफूले आफैलाई सम्बोधन गर्दै भन्छ, ‘सरकारी शिक्षकले आफू पढाउने स्कुलमा आफ्ना छोराछोरी नपढाउनु भनेको अख्तियारले समेत नभेट्टाउने बौद्धिक भ्रष्टाचार हो । यो अनैतिक र आफै माथिको घोर अविश्वास पनि हो ।’

‘सरकारी चिकित्सकले आफू कार्यरत अस्पतालमा आफू र आफ्ना सन्तानको उपचार गर्दैन । यो दण्ड जरिवाना वा कैद भुक्तान गरिरहन नपर्ने विभत्स अपराध हो ।’

सिमेन्ट कारखानाको मालिकले गुणस्तर चिन्ह प्राप्त आफ्नो उत्पादन आफ्नै निर्माण कार्यमा प्रयोग गर्दैन । यो त चाल्र्स शोभराजलाई पनि मात गर्ने महान ठगी हो ।

‘यस्ता र यस्तैखाले भ्रष्टाचार, अपराध र ठगी कायम रहेसम्म देश कसरी बन्छ ?’ ऊ आफैसँग प्रश्न गर्छ । यति सम्बोधन गरिसकेपछि ऊ खाली खुट्टा रिसेप्सनमा आउँछ र समाचार हेर्छ । समाचारका विषयले ऊ भावविव्हल हुन्छ । पखाला लागेका महाशय उपचारको लागि सरकारी खर्चमा विदेश गएको देखेर रुन्छ । अन्तर्राष्ट्रिय विमानस्थलमा विमान पर्खेका युवायुवतीको लर्को देखेर रुन्छ र रुँदै खाली खुट्टा बाटो तताउँछ ।

तपाईंलाइ लाग्ला दर्शनदेव किन यसो गर्छ ।
दर्शनदेव सरकारी जागिरे हो । तर उसको इच्छा विपरित उसका सन्तान बोर्डिङ स्कुलका विद्यार्थी बने र इच्छा विपरित विदेश पलायन भए । उसको पहिलो सन्तान चिकित्सकको लापरवाहीका कारण मर्यो । जागिरको उत्तरार्धमा बडो मुश्किलले बनाउँदै गरेको घर पूरा नहुँदै गर्ल्यामगुर्लुम ढल्यो ।
त्यसैको रनाहा मेट्न दर्शनदेव अचेल मज्जाले पिउँछ र एक्लै भाषण गर्छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x