साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार चड्कन

Nepal Telecom ad

एक

माफ गर म कुनै हालतमा पनि तिम्रो हनुमान हुन सक्तिनँ
तिमी जतिसुकै प्रलोभन देखाऊ म तिम्रो पाउ धुन सक्तिनँ
बरू एक छाक खान्छु टालेको लाउँछु बरू थोत्रै घरमा बस्छु
बिर्सेर होस् कहिल्यै पनि म तिम्रो जयजयकार गाउन सक्तिनँ ।

दुई

चुनाव जित्यौ माथि गयौ योभन्दा बढी तिमीले के गर्यौ र !
खल्ती भर्यौ गाडी चढ्यौ योभन्दा बढी तिमीले के गर्यौ र !
हामी त तिम्रा दास न हौँ बोल्यो भने पार्टी विरोधीमा दर्ता गरिहाल्छौ
विदेश घुम्यौ महल ठड्यायौ योभन्दा बढी तिमीले के गर्यौ र !

तीन

राजनीतिको मुखुन्डो लगाएर राजनीतिको रूख ढाल्ने धेरै छन्
साहित्यको निम्ति आँसु बगाएर साहित्यको हाँगा काट्ने धेरै छन्
हेर्दा उस्तै देखिन्छन् कुरा सुन्दा होनहार लाग्छन् भित्री उद्देश्य के थाहा हुन्छ र !
बाहिर प्रेमको नाटक देखाएर भित्र प्रेमको व्यापार गर्ने धेरै छन् ।

चार

बिरामी हुँदा हिजो साथीहरू औषधि गर्नतिर लाग्थे आज ‘मरे हुन्थ्यो’ भन्छन्
पिरमा डुब्दा हिजो साथीहरू ‘के भयो ?’ भनेर सोध्थे आज ‘खुच्चिङ’ भन्छन्
कुर्सीको लागि जे पनि हुनथाल्यो हजुर ! कुनैबेला जसको बुई चढेर जोजो माथि पुगे
आज तिनै साथीहरू त्यो साथीलाई बिदा गर्न ‘आर्यघाट कहिले जान पाइएला ?’ भन्छन् ।

हेटौंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x