आर.आर. चौलागाईंदुई ठोकान
१.
कतिपय मान्छेहरू गल्ती गरेपछि चुपचाप हुँदा रहेछन्
ढोका थुनेर त्यस्सैत्यस्सै भित्रभित्रै गुमनाम हुँदा रहेछन्
न बोल्न सक्छन् उनीहरू, न लेख्न सक्छन् उनीहरू, न उनीहरू केही गर्न सक्छन्
भेटघाट पनि शून्य, हल्लाखल्ला पनि शून्य, पुरै सामसुम हुँदा रहेछन् ।
२.
नेता हुन यहाँ काम गर्नु पर्दैन मात्र भाषण गरे पुग्छ
कवि हुन यहाँ केही लेख्नु पर्दैन मात्र गफ गरे पुग्छ
काम गर्ने नेता र लेख्ने कविहरू त मुर्ख हुन् थाहा छ कि यहाँहरूलाई ?
पुरस्कार पाउन यहाँ प्रतिभा हुनु पर्दैन मात्र चाकरी गरे पुग्छ ।
हेटौडा, मकवानपुर
Subscribe
Login
0 Comments
Oldest






































