टीकाराम रेग्मीपुरस्कार
थकाइ लागेको बेला, अनिलका आँखा छिटै लागेछन् । मोवायलको सन्देशसङ्केतले पो उसलाई ब्युँझायो । ‘अनिलजी, आषाढ अङ्कको लागि एउटा रचना पठाई दिनोस् न ।’ एउटा सर्जकलाई रचनाको माग गर्दा जति अरूजस्तै, ऊ पनि खुसी भयो ।
आाषाढ अङ्क आयो तर उसको नाम आएन । ऊ दिक्क भयो ।
सम्पादकलाई फोन गर्यो । ‘होइन, आएन र ? आउनै पर्ने !’ सम्पादकले आश्चर्य मान्यो । अनिललाई के गरूँ, के गरूँ लाग्यो । उसले त्यो साहित्यिक सङ्गालो अध्योपान्त हेर्यो । हेरी सकेपछि त ऊ झन् चित पर्यो । पुनः सम्पादकलाई फोन गरयो, ‘होइन मित्र यो के भएको हो ?’
‘अनिलजी, यस पटकलाई यस्तै भयो । रचना त पठाइ दिएँ तर त्यसमा तपाईंको नाम राख्न बिर्सेछु । उनीहरूले मेरै नाममा प्रकाशन गरेछन् । अब यो रचनाले उत्कृष्ट पुरस्कार पनि पाएको छ, केही छैन, एक दिन रमाइलो गरौँला । हुन्न ?’
अनिलको हातबाट फोनको रिसिभर भुईंमा खस्यो ।
भरतपुर – ७, चितवन
Subscribe
Login
0 Comments
Oldest







































