साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुरस्कार

Nepal Telecom ad

थकाइ लागेको बेला, अनिलका आँखा छिटै लागेछन् । मोवायलको सन्देशसङ्केतले पो उसलाई ब्युँझायो । ‘अनिलजी, आषाढ अङ्कको लागि एउटा रचना पठाई दिनोस् न ।’ एउटा सर्जकलाई रचनाको माग गर्दा जति अरूजस्तै, ऊ पनि खुसी भयो ।

आाषाढ अङ्क आयो तर उसको नाम आएन । ऊ दिक्क भयो ।
सम्पादकलाई फोन गर्यो । ‘होइन, आएन र ? आउनै पर्ने !’ सम्पादकले आश्चर्य मान्यो । अनिललाई के गरूँ, के गरूँ लाग्यो । उसले त्यो साहित्यिक सङ्गालो अध्योपान्त हेर्यो । हेरी सकेपछि त ऊ झन् चित पर्यो । पुनः सम्पादकलाई फोन गरयो, ‘होइन मित्र यो के भएको हो ?’

‘अनिलजी, यस पटकलाई यस्तै भयो । रचना त पठाइ दिएँ तर त्यसमा तपाईंको नाम राख्न बिर्सेछु । उनीहरूले मेरै नाममा प्रकाशन गरेछन् । अब यो रचनाले उत्कृष्ट पुरस्कार पनि पाएको छ, केही छैन, एक दिन रमाइलो गरौँला । हुन्न ?’
अनिलको हातबाट फोनको रिसिभर भुईंमा खस्यो ।

भरतपुर – ७, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
राहत

राहत

टीकाराम रेग्मी
जुत्ता

जुत्ता

टीकाराम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x