साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ओखतीकै छ चिन्ता ?

Nepal Telecom ad

फोक्सो–जिब्रो कलेजो, मुटु अझ किटनी, घोर मस्तिष्कघात
बेर्नू निस्केर धेरै, गलित थकित छौ, सुन्निदै पाद– हात ।
के गर्छौ राज तिम्ले ? तन मन सब नै, छैन ठेगान नेता
टाढाका देश पुग्छौ, मुलुक–धन लुटी, ओखतीकै छ चिन्ता ।।१।।

झाडाबान्ता चलेरै, कतिकति जनता ओखती नै नपाई
आँखा चिम्लेर जान्छन्, यमपुर अगुवा, गर्दछन बाइबाइ ।
तिन्कै पैसा बटुल्दै, हङकङ पुर वा, अम्रिका थाइल्यान्ड
निको बन्ने मुरादा, मुलुक धन लियौ, देश नै लूटल्यान्ड ।।२।।

राणा वा शाह राजा, जनधन लुटुवा, दुस्ट सामन्त जस्ता
देखिन्छौ लुव्ध नेता, अधम तम बढ्यो, छैन के लोक लज्जा ?
रोगी भोगी र क्रोधी, सबतिर अगुवा, बन्छ के संविधान ?
धर्तीकै भारजस्ता, दनुज–पशु भए, बन्छ के संविधान ? ।।३।।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x