साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुनौती

Nepal Telecom ad

सबैभन्दा ठुलो चुनौती–
बाँच्नु रहेछ ।

इतिहास फोरेर निस्केका आस्थाहरू
पहरा फोर्ने पीपलभन्दा महान् छन् ।
त्यो भन्दा महान् भएको छ मेरो जन्मकथा ।
यदि बाबुआमाको सहवासको समय बदलिएको भए
न रहन्थेँ म, न रहन्थे मेरो अनुभव ।

सबैभन्दा ठुलो चुनौती जीवन भएको छ ।

जीवनको विशृङ्खलाबद्ध पदयात्रामा
आफ्नै पदचाप देखाउनु सानो कष्ट होइन
र सामान्य छैन– समयको कठघरा ।

प्रतिकूल जीवन सन्दर्भलाई छिचोलेर टुसाएका हुन्
ममा समयका प्रश्नहरू
सवालित हुन मैसँग ।
मन प्रकृतिसँग सोध्न भन्छ
कुन एसिडले भरिस् गुलाबमा रातो रङ
र बनाएको छस्– यति सुन्दर मनको बस्ती ?
उपमा गुलाबकै दिएर पनि
भरेको छस् कसैका पीताम्बरजस्तै पहेँलो रङ
अनि जन्माएको छस्– एउटा उजाड बस्ती ।

ए विज्ञान, तँलाई पनि चुनौती छ
सक्छस् भन् फर्काएर देखा ती मान्छेहरूलाई
जसले हेर्न सकून्– चमत्कार विश्वको ।
थाहा पाउन्
पलपल भत्किएको उसको सफलताको शिखर ।

म चेतनाको बन्दी बनेर
सचेत हुन खोजिरहेछु ।
संसारमा सबैभन्दा छिटो कुदिरहेछ– मेरो मन ।
मन लिएर बाँच्नु अर्को चुनौती रहेछ ।

मैले प्रकृतिसँग पटकपटक निहूँ खोज्दै
भेट्न चाहेको छु जीवनको सार्थकता ।
कहिले चरी बन्ने रहरमा
चिथोरेको छु समयको संघार ।
कहिले फूल बन्ने रहरमा
भत्काएको छु आस्थाको आँगन ।
मलाई कहिले चेतनाशून्य भएर भौतारिने रहर छ
कहिले रोप्दै हिँडूझैं लाग्छ समयको त्रासदी ।

निहूँ खोज्नु सार्थक हुनु होइन भन्ने पनि थाहा छ ।

मेरो मन भनिरहन्छ मलाई –
च्यात् समयको पर्दा र टाल् तेरै किस्मतले ।
सास फेर्नुमात्र बाँच्नु हो भने
तैँले सबथोक बिर्सेको छस् ।
न मर्नुको परिभाषा सास रोकिनु हो ।

यदि सबथोक जानेर पनि चेतनाशून्य हुनु
परिभाषा हो भने जीवनको
मर्नुभन्दा ठुलो चुनौती
देखेकै छैन मैले ।

तन्द्राङ, गोरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बा होइन पितामह

बा होइन पितामह

निशान निष्कर्ष
मुचुल्का

मुचुल्का

निशान निष्कर्ष
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x