साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उपचार विदेशमा

Nepal Telecom ad

यता सुशील बिरामी छन् उता ओली बिरामी छन्
सत्ताका यी साझेदार भरे कि भोलि भाका छन्
विदेशै यी किन जान्छन् उपचार गर्नलाई ?
स्वदेशमा कसले पो सक्छ यी दुईलाइ ठीक पार्नलाई ?

हरेक अस्पतालको लाईसेन्समा कसैले घुस खा’को छ
डाक्टर नर्सको कलेजलाई सबैले भाग ला’को छ
हरेक नक्कली डाक्टर कुनै दलको भा’को छ
नक्कली औषधि हेरी ककसले के के खा’को छ
प्रपन्च त्यो सबै बुझ्ने नेता मात्रै विदेश गा’छ
नबुझ्ने यो नेपालीको उपचार यहिँ भा’छ ।

नेपालीले विदेश जानु कुनै ठुलो कुरा होइन
उताबाट बाकसभित्र सुति आउनु नयाँ होइन
नेता जान्छन् उभिएरै उभिएरै किन आउँछन् ?
गुनासो त्यत्ति मात्रै हो अरु आशा कुनै होइन ।

विदेशीनै नभई हुन्न नेपाली नेता ठिक पार्न
नेपालीले नेपालीलाई नत्र के सक्छ र मार्न ?

यता सुशील बिरामी छन् उता ओली बिरामी छन्
इन्जेक्सन जति देशमा तरकारीले पाका छन्
त्यो इन्जेक्सन नेतालाइ दिए उनकै सरिर बढ्थ्यो
देशै भित्र ठुला हुन्थे किन जानै विदेश पथ्र्यो ?

विदेश भन्दा नेपालमा नै औषधि ता धेरै हुन्छ
त्यसैले त हेरक खानेकुरा हेर्दा सफा हुन्छ
त्यही औषधि यी नेतालाई दिए नेता सफा हुन्छ
यो देशको रोग बिसेक हुन्छ तपाई हाम्लाई नाफा हुन्छ ।

बत्तिसपुतली, काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x