साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कही नभा’को नियम

Nepal Telecom ad

हैन हिजो आज सहराँ पुलिसको कुनै काम छैन कि क्या हो हँ ? खालि चाहिने नचाहिने काम गरेर नेपाली जन्ताको जन्मसिद्ध मौलिक हक र अधिकारको हनन गर्नै व्यस्त छन् बा !

हेर्नुस् न, कहिले चोर, फटाहा, गुन्डा, जुवाडे, बदमास आदिलाई समात्न छोडेर कत्रो जतन र माया गरेर कपाल पालेका केटाहरूलाई च्याप्प समाती उनीहरूको मुन्द्री खोल्दै, चुल्ठो च्वाट्ट पार्दै कपाल काट्ने पेसा भ’काहरूको पेटाँ लात्ती हान्छन् । कहिले हेल्मेटको हेडेक, कहिले कालो सिसाको किचलो, कहिले नम्बर प्लेटको टेन्सन टक््रयाउछन् भन्या !

कहिले के, कहिले के ? यस्तै रङ्ग न ढङ्गका अडबङ्गे काम गर्छन् । हुँदा–हुँदा अब आप्mनै देशको छँदाखादाको सडकाँ आपूm मनखुसी हिँड्न पनि नपाइने पो भो ए गाँठे ! सडक भनेकै हिँड्नका लागि बनाको त हो नि ! अब त्यै हिँड्का लागि, गुड्नका लागि भनेर त्यत्रो रुप्याँ खर्च गरेर बनाको सडकाँ हामी आपूmलाई जाँबाट हिँड्न मन लाग्छ त्यैँबाट हिँड्छौँ रे ! यसो गर्दा बारै मास क्यापले छोप्या पुलिसको टाउको किन टनटन गरेर टन्किनुु हँ ! आफ्ना मम्ड्याड्श्री अथवा आपूूmभन्दा ठूलाबडाश्रीले भन्या काम कुरा गर्न त टेरपुच्छर नलाउने हामी अब क्वै नपा’र देश र जनताको सेवा र सुरक्षाका लागि भनेर खटिएका ट्राफिक प्रहरीले भन्या मान्छौँ होला त ? उनीहरूले जाँबाट हिँड भन्यो त्यैँबाट हिँड्न हामीलाई मन लाग्दैन भने किन त्यैँबाट हिँड्न बाध्य पार्नु पर्यो ?

आकाशे पुलबाट पो हिँड भन्छन् ए गाँठे ! आकाशे पुलबाट पाखे, डरछेरुवा आदि पो हिँड्छन् त ! हामीजस्ता सहराँ बसेका पढेलेखेका, जान्नेबुभ्mने, सुसभ्य मान्छेले त बेगसँग आ’को सवारी साधनलाई आफ्नो सुकोमल हातले टक्क ला’र रोकिने इसारा गर्दै बडो सानसँग छाती फुलाउँदै बाटो क्रस गर्नुुुपर्छ । पेटी छाडेर सडकबाट हिँड्नुपर्छ । यसो गर्दा सडक जाम, दुर्घटना, अथवा अरूलाई कुनै किसिमको असुविधा, बाधा अप्ठ्यारो भए होस् हामीलाई के मतलब ! जसलाई जे भए पनि हामी त गाडी गुड्ने बाटोबाट नै हिँड्छौँ, हिँड्छौँ । हेरौँ त लौ यसरी हिँड्न हामीलाई कसले रोक्न सक्दोर’छ ? हामीले सडकाँ आपूmलाई मन लागेको ठाउँबाट हिँड्न पाउनैपर्छ । हाम्रा खुट्टालाई हामी हाम्रै इच्छा अनुसार हिँडाउँछौँ रे ! यसमा रोकटोक गरेर हामीमाथि घोर अन्याय गर्न पाइन्न । यो हामी नेपालीको नैसर्गिक मौलिक हक र अधिकारको कुरो हो । यसलाई हामीले जसरी भए पनि जोगाउनैपर्छ ।

तिहारमा पूजा गरियो भन्दैमा गौपितामाता, कुकुर आदिले चैँ कसैको मतलबै नगरी मज्जासँग बीच सडकाँ गजधम्म ला’र बिराजमान् हुन, लस्किलस्की हिँड्डुल गर्न पाउने तर बुद्धिविवेक भ’का प्राणीमध्येमा पनि सर्वश्रेष्ठ प्राणी मान्छेले चैँ आफैँले आफ्नो लागि बना’को सडकाँ आपूmखुसी हिँड्न, जथाभावी बाटो क्रस गर्न पनि नपाउने भन्ने हुन्छ त कहीँ ? के ती अबुझ पशुभन्दा पनि गएगुज्रेका हुन् त मनुष्य ? अँह, हैन, पटक्कै हैन, हुँदै हैन । एक्काईसौँ शताब्दीमा जन्मेका, देशविदेश घुमेका, सबै कुरा जानेबुझेका, देखेसुनेका, सुशिक्षित, सुसंस्कृत, सुसभ्य, अनुशासित मान्छेलाई आपूmले गर्न हुने नहुने सप्पै काम, कुरा राम्ररी था छ । त्यही था भ’र नै त ऊ सडकमाथिको आफ्नोे हक र अधिकारको प्रयोग निर्धक्क भ’र सदुपयोग गर्दै छ । त्यसैले यसमा कसैले पनि हस्तक्षेप गर्नु हुन्न है !

जथाभावी हिँड्ने मात्र हैन, दुई पाङ्ग्रे, चार पाङ्ग्रेलाई पनि मन लागी गुडाउने, हुँक्याउने, आपूmभन्दा अगाडिकालाई जितेर फस्ट हुने, खाल्डाखुल्डीको हिलो पानी बटुवालाई होलीको सम्झना गराउँदै छ्याप्ने, आवश्यक नहुँदा पनि हर्न बजाको बजाई गरेर सुमधुर सङ्गीतको आनन्द फ्रिमा दिने, जतासुकै आफ्नोे लाखौँको सवारी साधनलाई रोक्ने, सुकला गराउने, सडक नियम बेनियमसँग उलङ्घन गर्ने आदि इत्यादि गर्न पाउने हक र अधिकार नेपाल देशाँ राज हुने, खडा हुुने, दौड्ने सबै सबैलाई प्राप्त छ । त्यसैले हाम्रा यस्ता राम्रा मौलिक हक र अधिकार हनन नहून्, नखोसिऊन् भनेर संविधानमा अत्यन्तै कडाइका साथ बेलैमा उल्लेख हुनु अत्यन्त जरुरी देखिएको छ, कि कसो ?

काठमाडौं २०६८ वैशाख

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मोबाइल महिमा

मोबाइल महिमा

सुमी लोहनी
कठैबरा !

कठैबरा !

सुमी लोहनी
बाका बथान

बाका बथान

सुमी लोहनी
0
Would love your thoughts, please comment.x
()
x