साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मनाउँ दशैं किस्नेको बा !

Nepal Telecom ad

उ हेर त माथि !
देख्यौ त तारामण्डल, जुन हिजो अस्ति देख्दथ्यौ ?
अहँ पक्कै देखेनौ, किनकि
टाली सकेँ छानाका छिद्रहरू अर्थुङ्गे ठोसी ठोसी
भलै घोचेथे चस्चस छातिमा प्रत्येक अर्थुङ्गेका टुप्पाले
भलै खिल पल्टियोस् भोलि
र पलाउन् ऐंजेरु अङ्ग अङ्गमा
तर पर्बाह नगरौं
प्रत्येक वर्र्ष झैं यसपालिको महान पर्बमा
सबै कुरा बिर्सेर दशैं मनाऊ ल किस्नेको बा !
ख्याल ग¥यौ घरको भित्तो ?
पक्कै छैन !
तिमी मजदुरी गरि फर्कंदा छिप्पिएको साँझमा हिजो
कटुवा खोलाको कमेरोको लिपिस्टिक दलेर
पट्पट् फुटेका घरका ओठका धाँजाहरूलाई
लुकाइ सकेको थिएँ मैले
भलै कुचाका प्रत्येक छ्याप छ्याप सँगै
कुँडिंदै थिए सपनाका मुनाहरू
अनुभूत भएथ्यो– सायद कमेरो चुक भन्दा अमिलो छ
तैपनि म भन्छु फिक्री नगरौँ
तिम्रो हाम्रो कुरा छोडौँ र लोकाचारको निम्ति
जसरी मान्दै आएका छौँ
त्यसरी नै यसपाली पनि दशैँ मनाउँ ल किस्नेको बा !
एक छिन चुप लाग त !
उ, ! सुन त प्या प्या आवाज
घोर्ले खसिको हो पल्लो घरको
अनि उ हेर त त्यो डोको
भाले छोपेकी छु बजारबाट ल्याएर
दिउँसभरी डोको वरिपरि घुमे हाम्रा नानीहरू
प्वालहरूबाट प्रत्येक प्वाँखहरू नियाल्दै
वर्णन गर्दैथे
सानी छोरी भन्दैथी– परबाट आएका खसिका भन्दा
यो भालेको आवाज फुर्तिलो छ
त्यसको भन्दा यसैको रस तिख्खर हुनेछ
दाजु बैनीका वार्तालाप सुन्दै गर्दा
पोलेको थियो मेरो मुटु भत्भती
सायद कुरा बुझ्नु भनेको पनि खोर्सानी दल्नु हो मनमा
यी नानीहरूका कलिला मुटुहरू भत्भताएका छैनन्
किन कि तिमीले मैले जसरी बुझेका छैनन् संसार
छोडिदिउँ अरुकुरा
यिनीहरूकै रमाइलोको लागि पनि
धुमधामले दशैं मनाउँ ल किस्नेको बा !

२०७१ भाद्र, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x