साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो देशको माया लाग्दैन

Nepal Telecom ad

आलु नै बेस तरकारी होस् या तिहुन
कति हाँस्नु पासा
छोरा बिग्रे पिउन
छोरी सप्रे सनी लियोन
बोटल/बोटल
ट्याङ्कर/ट्याङ्करमा पनि भेटिन्छ
त्यही भएर त जलस्रोतको धनी देश
नेपाल लेखिन्छ
के छैन यहाँ ? सबथोक छ
चोकचोक र गल्ली/गल्लीमा रक्सी पसल छ
भन्छन् दूधभन्दा दारु असल छ
रक्सी पिउन जाउँ भने चार हात माथि उफ्रन्छ
दूध पिउन जाउँ भने ओठ लेब्य्राउँछ
नरम होइन– कडा पिउने बानी पर्या छ
सरकारले सही काम गर्या छ
अलैँची निकासी गरेर
रेड लेभल र भोड्का आयात गर्या छ
भो, अब देशी/विदेशी दलाल र नेतालाई गाली नगर
यिनीहरूले गर्दा नै हामीले भिटामिन ए र
पोलियो थोपा खान पाका छौं
पोलियो थोपा खान पाएर नै बाउभन्दा म अग्लो
मभन्दा छोरा अग्लो भा’छ
अग्लो भएकै कारण डिग्री पास गरेर
मेरो छोराले अमेरिकामा भाडा माझ्न पा’छ ।
चौतारोमा बस्न छाडेर एसीमा बस्न थाल्या छौं
बाख्रा बेचेर कुकुर पाल्न थाल्या छौं
अझै विकास भएन भनेर किन चिच्याउनुहुन्छ ?
डाँडामा गएर बोलाउनुको साटो
मोबाइलमा घण्टी बजाउन थाल्या छौं ।
ए मित्र लाल ! हामीसँग यस्तो तागत छ
विना अक्सिजन सगरमाथा चढ्न सक्छौं
पानीघट्टमा बिजुली बत्ती बाल्न सक्छौं
६०१ बथानलाई पाल्न सक्छौं
आँट गर्नोस्, बल गर्नोस्, हिम्मत गर्नोस्
सक्नुहुन्छ ?
पुरानो कागज सिसी बोतल बटुल्नोस्
बाग्मतीमा फोहोर नफाल्नोस् ।
अस्ति मैले चार डोको फोहोर बटुलेर
रिक्सामा हाल्दा कसैले केही नभन्ने
राजेश हमाल बाग्मतीमा गएर उभिंदा मात्र पनि
यत्रो हल्ली खल्ली प्रमुख समाचार ठान्ने ?
यी पत्रकार पनि हुन् पक्षपाती
यिनीहरू भन्दा त माथि लेकको
ठूल दिदी जाती
उनी त लोग्नेसँग रिसाउनुभयो भने
छोराछोरी पिट्नुहुन्छ
अझै रिस नमरे गाउँलेलाई दाह्रा किट्नुहुन्छ
छानोमा चराले बिस्ट्याउँदा पिपल उम्रने
देशमा जन्मन पाउँदा पनि
तिम्रो मन खुसी छैन हगि
ए बहादुर र वीर गोर्खाली सपुतहरू हो
आफ्नै देश फर्क
यही माटोमा पसिना बगाउनुपर्छ
धान, मकै, गहुँ, कोदो र फापर उमार्नुपर्छ
आफ्नै रङ्गले देश सिँगार्नुपर्छ
तराईमा शीत लहर चले मलाई जाडो हुन्छ
पहाडमा पहिरो खसे मलाई दुख्छ
हिमालमा हिउँ पग्लँदा
मेरो हड्डी खिइएजस्तो लाग्छ
बोल्नोस् ठूल्दाइ
भन सानो भाइ
के तिमीलाई
यो देशको माया लाग्दैन ?

जोगीमारा–७, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सारै रिस पो उठ्दो रैछ !

सारै रिस पो उठ्दो...

नवराज श्रेष्ठ
अचम्मै भो

अचम्मै भो

नवराज श्रेष्ठ
चः चः हुई

चः चः हुई

नवराज श्रेष्ठ
हामी नेपाली

हामी नेपाली

नवराज श्रेष्ठ
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x