साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माग्ने

Nepal Telecom ad

पशुपतिमा ढुकेर के माग्ने ?
घर घरमा पुगेर के माग्ने ?
माग्ने नै हो भने
अफिसमै बसेर
पलेटी कसेर माग्ने
टेबल मुनिबाट माग्ने
टेबल माथिबाट माग्ने ।

पशुपतिमा माग्ने को धनी भा’छ ?
देशले बिदेशै गई माग्दा पनि
खै के भा’छ ?
जति मागे पनि देश रोइरा’छ
तर अफिसमा माग्नेहरूको त
कतिको छ हारैहार
कतिका छन् कारैकार
कसैका छन् घरैघर ।

अब माग्ने नै हो भने पनि
हात मुख जोर्नलाई के माग्ने ?
मागे घरबारै जोर्ने गरी माग्ने
दाता ठहरै हुने गरी माग्ने
माग्ने साहु हुने
दिने कङ्गालै हुने गरी माग्ने ।

त्यसैले अब
माग्ने हो भने
धन्सारमा पसेर माग्ने
भन्सारमा बसेर माग्ने
बग्गीखानामा कसेर माग्ने
ठानामा घुँडा धसेर माग्ने
अड्डा अदालतको
मेचमा बसेर माग्ने
माग्दा माग्दा
उद्योगपति व्यवसायी
बरु देशै छोडेर भाग्ने ।

माग्ने नै हो भने
अरुलाई हरिकङ्गाल पार्ने गरी माग्ने
माग्ने चाहिँ करोडपति हुनेगरी माग्ने
माग्दा
कमजोर भए ठोकेरै माग्ने
बलियो भए ढोगेरै माग्ने
पत्रकारले लेखे पनि
अख्तियार देखे पनि
सरकारले छेके पनि
दिन दहाडै माग्ने
सुनको पहाडै माग्ने
माग्नलाई के लाज
आखिर परेँ म एउटा माग्ने ।

दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x