साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रो दशैं, तिम्रो चुनाब

Nepal Telecom ad

हेर नेताहरू
यसपालीको हाम्रो दशैं
तिम्रो चुनाब जस्तो हुनुपर्छ
तिम्रो चुनाब पनि
हाम्रो दशैं जस्तो हुनुपर्छ ।
जो नेता भोट माग्न आए पनि
टन्न नोट मागेर
बर्गेनो भैसीलाई झैं दुइन्छ
जसले मान्दैन, भन्द्याछु
उसको सभासद हुने सपना पनि
बुढिबाख्री झैं तुहिन्छ ।
जसले जति पार्टी फेरे पनि
जुन पार्टीलाई हेरे पनि
सबैको अनुहार उस्तै उस्तै छ
यसपाली पनि
संविधान नबन्ने कुरो दुरुस्तै छ ।
जसले चुनाब जिते पनि
त्यही सरकार र सत्तामा जाने हो
खाली तलब र भत्ता त खाने हो
त्यसैले अब त हामीलाई
तिम्रो त्यो तलब भत्ताको कमिसन
अग्रीम चाहिन्छ
जसले गर्छ यस्तो एग्रीमेन्ट
उसैको चुनाव चिन्हमा
सही छाप लाइन्छ ।
अब हामीलाई दशैंमा
तिम्रो थोत्रो शुभकामना होइन
नयाँ लुगा र
पेटभर मासुभात चाहिन्छ
जसले नोट दिएर
दुई छाक खुवाउनेले मात्र भोट पाइन्छ
पञ्चेहरूलाई हेर्यौँ
काँग्रेसीहरूलाई हेर्यौँ
कमनिस्टहरूलाई हेर्यौं
सबलाई हेर्दा हेर्दै
आज आफैं जिल्ल पर्यौँ
नेता ठोक्न नसके पनि
भोट त ठोक्नै पर्यो
चुनाव भन्दै देश र जनताले
टाउकोमा ऋण बोक्नै पर्यो
चुनाब भएछ भने पनि
भोट हाल्न त गइन्छ
तर निर्वाचन आयोग एउटा अनुरोध
हामीलाई भोट हाल्न
भारतमा जस्तै बहिस्कार गर्ने
मतपत्रमा एउटा खाली बक्स चाहिन्छ ।

दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x