बगरमा बीउ छरेँ
तिम्रो अपवित्र गाँठो बन्धनमा परेँ
पागल बनायौ झन् उन्नति गरेँ ।
मेरो तिम्रो ठाकठुक दैनिकी थियो
तिम्रो त्यो ढुस्साले पिर्काबाट झरेँ ।
गयौ तिमी जागिरमा म घर बसेँ
तिमीले लत्यायौ आठ समुन्द्र तरेँ ।
तिमी ताक्थ्यौ बन्चरो मैले हँसिया
बिसाएर हतियार फरियातिर सरेँ ।
बाँचेको सार भएन हाँसोको हार
तिमीलाई बाँचेर म आफैलाई मरेँ ।
आफू आशावादी मान्छे भन्नु पर्छ
उम्रेला नि भनी बगरमा बीउ छरेँ ।
तनहुँ