साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वागत मन्तव्य

Nepal Telecom ad

प्रिय विदेशी पाहुनाहरू ! यहाँहरूलाई नेपालको राजधानी काठमाडाैँमा स्वागत गर्न हामी आतुर छौँ। तपाईंहरूको स्वागतका लागि हामीले हाम्रोे राजधानीमा भएका पुराना गाँठागुँठी, छ्याका, पिला, डन्डीफोरहरूलाई छोपछाप, लिपलाप गरसिकेका छौँ। वषौर्ंअघिदेखि नै तपाईंहरू आउँदै हुनुहुन्छ भन्ने थाहा भए पनि हामीले हाम्रो परम्पराको रक्षा गर्दै अन्तिम समयमा घर बढारकुँढार गर्ने काम थालेको भएर हामी असिनपसिन भएका छौँ। जति छोप्दा पनि अझै थुपै गाँठागुँठी देखिएकै छन्। तैपनि, सडकमा कालो पोत्ने, किनाराहरूमा ढुंगा छाप्ने काम मात्र होइन, पाहुना कुदाउने सडकवरपरका भित्ताहरूमा लेपन पनि गरसिकेका छौँ। हामीले पानी ओसारेरै भए पनि पोखरीहरू भर्‍यौँ। रानीपोखरी र सभागृहमा सांगीतिक फोहरा जडान गर्‍यौँ। फोहरा सार्क सम्मेलनभरि टिक्नेछ भन्ने हामीलाई विश्वास छ।

बिरुवा मात्रै होइन, रूखै गाडेर भए पनि हामीले रातारात सडक किनारालाई हराभरा बनायौँ। अन्धाधुन्ध रूख रोप्दा कतिपय रूखका टुप्पा तल, जरा माथि परेछन्। तिनीहरूलाई सुल्ट्याउने कार्य पनि सम्पन्न भइसकिएको छ। बिरुवा अभाव भएर रोप्न नपाएका ठाउँमा तपाईंहरू आउनु एक घन्टाअगाडि हरयिा स्याउला ल्याएर गाड्नेछौँ। सहरका सबै नर्सरीमा दूबो सकिएकाले रोप्न बाँकी भएका ठाउँमा कलाकारहरूलाई भनेर दूबो पेन्टिङ गर्न लगाउने विचारमा छौँ। गमला राखेरै भए पनि सडकमा फूलबारी बनाएका छौँ।

सडक किनारा सकेसम्म सफा गरेका छौँ। नभ्याएका ठाउँमा तपाईंहरू आउने दिन बिहान पानी छ्याप्नेछौँ। सडक किनारामा थुपि्रएका इँटा बालुवाका रास पन्छाउन नभ्याइएमा तिनीहरूलाई विभिन्न रंगीबिरंगी त्रिपालले छापेर उदेकको कला प्रस्तुत गरी पाहुनालाई चकित पार्ने सुरमा छौँ।

ढाकछोप गर्ने चटारोले हामी आफैँले चाहिँ लुगा लगाउन बिर्सिएला भनेर हामी मन्त्रीहरू, नेताहरू सबैले नयाँ दौरा-सुरुवाल सिलाइसक्यौँ। सचिव, सहसचिवहरूले नयाँ कोट हालिसक्यौँ। इन्जिनियर, ठेकेदार, ओभरसियर सबैले आ-आफ्नो स्वास्थ्य तन्दुरुस्त पारसिक्यौँ।

हामी राजधानीवासी पनि तपाईंहरूको स्वागतका लागि चिटिक्क पर्ने प्रयास गर्दै छौँ। टालेर, फुकालेर, टाँसेर, सिलाएर, खुटेर, चिल्याएर, खुर्किएर, जे गरेर हुन्छ हामी राम्रो देखिँदै छौँ। घर बढारेको कसिङ्गर कुनाकानीमा छोपछाप पारसिक्यौँ। पत्रु मालमत्ता, थाङ ्नामुङ्नाहरू खाटमुनि खाँदिसक्यौँ। तपाईंहरू आउने दिन घरका बूढाखाडा, बांगाटिंगा, कुप्रा, नराम्रा सदस्यलाई घरमै थुनेर राम्रा राम्रा मात्र बाहिर निस्कनेछौँ। मोजा गनाए पनि हाम्रा जुत्ता टल्किएका हुनेछन्। भित्रभित्रै जुम्रा कुदे पनि कपालमा चमेलीको तेल मगमगाएको हुनेछ।

हाम्रो अनुरोध छ, तपाईंहरूले यहाँ आएर जथाभावी आँखा नघुमाइदिनुहोला। खास गरी मोदीजी साह्रै छटपटे हुनुहुँदो रहेछ। गाडीबाट फुत्त ओर्लिएर बटुवाहरूसँग हात मिलाउन दगुर्नु हुँदो रहेछ। एयरपोर्टबाट ओर्लिएर पुरानो बानेश्वरको बाटोतिर नलागिदिनुहोला। रानीपोखरी हेर्न छाडेर रत्नपार्कतिर आँखा नलगाउनुहोला। सिंहदरबारको गेट मात्रै हेर्नुहोला, भित्र पसेर सरकारी अड्डाहरू निरीक्षण गर्छु नभन्नुहोला। विष्णुमती र टुकुचा खोलामाथि पुग्नासाथ नाक छोपिदिनुहोला। मुख्य कुरा, भर्खरै पिच गरेका नाजुक सडकमा बुट बजारेर नहिँडिदिनुहोला।

आउनुहोला, हाम्रो परश्रिम र स्वागत देखेर दंग पर्दिनुहोला। सक्नेले केही अनुदान सहयोगहरू दिनुहोला। नसक्नेले हाम्रो प्रशंसा संसारभर गर्दिनुहोला। स्वागतम् ! स्वागतम् ! सुस्वागतम् !
\’नेपाल\’, मङ्सिर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x