साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तपाई पनि गजबै गर्नु हुन्छ !

Nepal Telecom ad

तपाई पनि गजब गर्नु हुन्छ
पहिले नेता छान्नु हुन्छ
अनि सिङ्गै देशको चिन्ता आफैं गर्न थाल्नु हुन्छ
सिङ्गै देशको यावत समस्या बारे आफैले चिन्ता गर्नुनै थियो भने
अर्कोलाई नेता बनाएको– छानेको किन ?
त्यहि सोच्न– चिन्ता गर्नका लागि अर्कोलाई नेता बनाएको– छानेको हो भने ?
नेताले गर्ने काम आफैं गर्न थालेको किन ?
“उसले गर्ला भनेको तर गरेन र त म आफैले गर्न पर्यो” भन्नु हुन्छ भने
एउटा नेता छान्दा त ठिक छान्न सक्नु भएन छ, आफैं भन्दै हुनुहुन्छ
देशकै चिन्ता ठिकसँग तपाई कसरी गर्न सक्नु हुन्छ ?
तपाईं पनि गजब गर्नु हुन्छ !

तपाई पनि गजब गर्नु हुन्छ !
सार्वजनिक जग्गा या सडक मिचेर घर पर्खाल बनाउनु हुन्छ
अनि सडक साँगुरो भयो,
सार्वजनिक जग्गा हरायो भनेर कराउनु हुन्छ
त्यस्तो कराउनु नै थियो भने आफैले मिचेको किन ?
आफैले मिची सकेपछि कराएको किन ?
तपाईं कराए अनुसार केहि गरि सार्वजनिक जग्गा सबैले छोड्नु नै पर्ने भयो भने
तपाईंलाई थाहा छ, नोकसान तपाईंकै हुन्छ
तैपनि तपाईं फट्याइँ गर्दै आदर्श छाँट्दै हुनुहुन्छ
तपाईं पनि गजब गर्नु हुन्छ !

तपाईं पनि गजब गर्नु हुन्छ !
घर सफा गर्नु हुन्छ र फोहोर सार्वजनिक ठाउँ– बाटामा फ्याँक्नु हुन्छ
अनि आफ्नो टोल–सहर फोहोर भयो भनेर कराउनु हुन्छ
टोल सहर सफा नै चाहिएको थियो भने आफैंले फोहोर गरेको किन ?
आफैले फोहोर गरिसकेपछि फोहोर भयो भनेर कराएको किन ?
तपाईं पनि गजब गर्नु हुन्छ !

तपाईं पनि गजब गर्नु हुन्छ !
कसलाई घुस खुवाएर आफ्नो फाइदा कसरी निकालौँ भनेर जाल बुन्नु हुन्छ
अनि “जसरी भए पनि” घुस दिएर आफ्नो काम फत्ते गराउनु हुन्छ
अनि भ्रष्टाचार बढेर देश खत्तम भयो भन्दै कराउनु हुन्छ
त्यस्तो कराउनु नै थियो भने घुस दिएर काम पट्याउने जाल आफैले बुनेको किन ?
आफ्नो काम निकाली सकेपछि भ्रष्टाचार बढ्यो भनेर कराएको किन ?
तपाईं पनि गजब गर्नु हुन्छ !

तपाईं पनि गजब गर्नु हुन्छ !
आफ्नु चिनजान या नातापाताका मानिस ठुलो पदमा पुग्दा आफैं पुगे झैं दङ्ग पर्नु हुन्छ
नभएको साईनो समेत खोजि खोजि नाता जोड्नु हुन्छ
त्यसको नजिक “आफ्नो मानिस” बन्न गर्नु नगर्नु सबै गर्नु हुन्छ
मलाई यसो गरि दिनु पर्यो, उसो गरि दिनु पर्यो भनेर चाकडी गर्नु गर्नु हुन्छ
उसको पदबाट आफ्नो फाइदा लिई छोड्नु हुन्छ
अनि “आज भोलि राम्रा मानिस भन्दा हाम्रा मानिस” को संस्कृतिले दृश बिग्रियो भन्नु हुन्छ
त्यसो भन्नु नै थियो भने ठुला मानिससँग नभएको नाता समेत जोडदै आफूले फाइदा लिएको किन ?
लिई सकेपछि पाप धुरी चढी कराउँदै हिँडेको किन ?
तपाईं पनि गजब गर्नु हुन्छ !
तपाई पनि गजबै गर्नु हुन्छ !!
गजबै गर्नु हुन्छ !!!

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x