सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बुझेनन् कि क्या हो ?

Nepal Telecom ad

सिङ्गो देश लुट्दा मन दुखेन कि क्या हो ?
डन देख्दा पुलिस पनि लुकेन कि क्या हो ?

सुरक्षाका कर्मी पनि चोर सितै कुद्दा
चोर भेट्ने रहर नै पुगेन कि क्या हो ?

नीति नियम कानुन किताब लेख्नेहरू पनि
डनसित मन मोल्न मानेनन् कि क्या हो ?

सत्ता भत्ता प्रमाण पूर्जा हडप्नेले पनि
कानुन आफ्नो हातमा लिन जानेनन् कि क्या हो ?

प्रशासनको कुर्सी बिर्ता भन्नेहरू पनि
घुसलाई दुधभात ठानेनन् कि क्या हो ?

दिनमा सुती रातमा उठ्ने बानी परेकाले
रातारात धनी हुन जानेनन् कि क्या हो ?

न्याय जोख्ने तुलो भन्दा आफैं ठूलो भन्थे
नेता हेरी निसाप गर्न सकेनन् कि क्या हो ?

तर्साएरै जनमत सधैं लिन्छु भन्थे
परिवर्तित जनमन बुझेनन् कि क्या हो ?
ट्याङ्ला, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हराउनुको पनि हद हुन्छ

हराउनुको पनि हद हुन्छ

घिमिरे ‘मैदेली’
चमेरे ‘च’ को चङ्गुलले चेताउला !

चमेरे ‘च’ को चङ्गुलले...

घिमिरे ‘मैदेली’
गठबन्धनका गाँठागुँठी

गठबन्धनका गाँठागुँठी

घिमिरे ‘मैदेली’
जगत जमाउन जप्नोस् जनता

जगत जमाउन जप्नोस् जनता

घिमिरे ‘मैदेली’
भ्यागुताको धार्नी !

भ्यागुताको धार्नी !

घिमिरे ‘मैदेली’
उखानकै बखान

उखानकै बखान

घिमिरे ‘मैदेली’
मन पराउनेलाई तन दिए कसो होला ?

मन पराउनेलाई तन दिए...

गाेपाल काफ्ले
हैन र यो ?

हैन र यो ?

काशीनाथ मिश्रित
दाबी गर्छ

दाबी गर्छ

डिल्लीप्रसाद अधिकारी
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'