साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माघ आठ

Nepal Telecom ad

आयो केवल माघ आठ सजियो टुप्लुक्क पात्रोतिर
के बन्थ्यो जन संविधान सपना भो व्यर्थको आखिर ।
आफैं काग बने छ मात्र कुहिरो सर्वत्र यो रातमा
क्वैली लेख न संविधान वनका ती चम्किला पातमा ।

मेरो भोट बल्यो जल्यो निमिषमै भैगो खरानी सब
हाहाकार सुसेल्छ गाउँ झुपडी दर्वारमा उत्सव ।
के लेखूँ कविता उजाड दिल भो बाँझो भयो लेखनी
डाँफे लेख न संविधान हिउँका सेताम्य डाँडा भरि ।

खल्लो लाग्छ हरे छ मौन किन हो ? मेची र काली जल
फुल्दो यौवनका अनेक सपना हाँसे मरे पल्पल ।
प्यारा शब्द रुँदा निशब्द कवि भो रोए मरे अक्षर
आमा लेख न संविधान घरमा न्यानो उज्यालो छर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x