साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफन्त

Nepal Telecom ad

(उल्का छन्द)

ए भान्जा भान्जी हो मेरा ए भाइ भतिजाहरू
ए जेठी सासूका नाति ए काकी माइजूहरू
सुनाउँदैछु कथा एउटा लौ न मामा र बाहरू
ए सोल्टि सोल्टिनी साढु दाजु र भाउजूहरू ।

एलडिओ सिडिओ जिएम काका मामा र मित छन्
सारा आफन्तका हितमा मेरा हित सिमित छन्
यो आफ्नै आफ्नाको घेरा म तोडी जान सक्तिन
मिठो बाहेक कुनै बस्तु म एक्लै खान सक्तिन ।

यस्तो भातृत्व होस् भेना अनि पो देश बन्दछ
यस्ता बिचारले साली विकासको पथ खुल्दछ
सुन्दैछु भाउजूका काका पर्ने मन्त्री भए अरे
सचिवमा बढुवा उनकै जेठो सालो भए अरे ।

प्रज्ञाका कुलपति साख्खै भान्जाका मित्र पर्दछन्
अदालतका ठूला सप्पै अफन्तै भित्र पर्दछन्
मालपोतका अधिकृतलाई म काका भन्ने गर्दछु
करका अधिकृत भन्छन् – म पुत्ने छोरो पर्दछु ।

एता खान्छु उता खान्छु आफन्तकैमा टार्दछु
यहाँ थाप्छु त्यहाँ थाप्छु म च्याँखे पनि पार्दछु
माडी माडी दुई हात म तेल झार्न सक्तछु
आफन्तहरूका गोडा चापुल्लै पार्न सक्दछु ।

कैले पहिरो पिडित हुन्छु काठमाण्डुमै रहे पनि
बगाउँछ बाढीले खेत एक बित्तै नभए पनि
न चाहियो नोकरी खेती न त वेपार उन्नति
आफन्तहरूका खल्ती छँदैछन् कति हो कति ।

नाता नयाँ नयाँ लाई म केही ऋण माग्दछु
कतै भेट भइहाले नडराइकन भाग्दछु ।
लौ ज्वाइं जेठा बा मामा अहिले छुट्टी पाउँछु
हजूरको घरमा भोलि म बस्ने गरी आउँछु ।
तिलगङ्गा, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x