प्रेम ओली ढकलपुरेप्यारोडी : आइजौ नेता आइजौ
आइजौ नेता आइजौ, सहमति गरेर आइजौ
नेपाललाई सुहाउने संविधान लिएर आइजौ
आइजौ नेता आइजौ, सहमति गरेर आइजौ ।
कुरो कुन्थो तिम्रो बुभ्नै गाह्रो भो
ल्याउँछु ल्याउँछु भन्थ्यौ किन साह्रो भो
आइजौ सुशील आइजौ, सहमति गरेर आइजौ
नेपाललाई सुहाउने संविधान लिएर आइजौ
आइजौ सुशील आइजौ, सहमति गरेर आइजौ ।
गोली भन्दा कडा बोली पट्काउँछौ
मान्न मान्न खोजेको मान्छे भट्काउँछौ
आइजौ ओली आइजौ, सहमति गरेर आइजौ
नेपाललाई सुहाउने संविधान लिएर आइजौ
आइजौ ओली आइजौ, सहमति गरेर आइजौ ।
पुल भत्काउँछु भन्दै घर भत्काउँछु भन्दै, सहमति भत्काउँछौ
जनताको विश्वास किन लट्काउँछौ ?
आइजौ प्रचण्ड आइजौ, सहमति गरेर आइजौ
नेपाललाई सुहाउने संविधान लिएर आइजौ
आइजौ प्रचण्ड आइजौ, सहमति गरेर आइजौ ।
मधेशको नाममा आफ्नै भर्छौ धोक्रो
सत्ता शक्ति नपाउँदा फुलाउँछौ घोक्रो
आइजौ गच्छेदार आइजौ, सहमति गरेर आइजौ
नेपाललाई सुहाउने संविधान लिएर आइजौ
आइजौ गच्छेदार आइजौ, सहमति गरेर आइजौ ।
आइजौ नेता आइजौ, सहमति गरेर आइजौ
नेपाललाई सुहाउने संविधान लिएर आइजौ
आइजौ नेता आइजौ, सहमति गरेर आइजौ ।
दाङ, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































