सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

तेल लगाई दिने बलिष्ठ

Nepal Telecom ad

तेल, अनौठो लाग्छ सुन्दा के हो यो तेल भनेको ? तेलको नाम त तेल नभएर बरु पेल पो हुनु पर्ने हो । तेल खसोखास पेलेर निकालिन्छ । यो चिल्लो अनि चिप्लो हुन्छ त्यसैले यसलाई कि त चेल भन्नु पर्ने हो । गजब त यसलाई पेल अथवा चेल नभनेर तेल नै किन भनियो ? अचम्म, यो खोजिको विषय बन्न सक्छ ।
हुन त तिलबाट पनि तेल निकालिने हुँदा यसबाटै यसको नाम जु¥या हुन सक्छ । जमाना बदलिएको छ अब तेल तिलबाट मात्र निकालिँदैन न कि तोरीबाट, अन्य बस्तुबाट पनि तेल निकालिन्छ । हिजोआज बजारमा अनेक थरी ब्राण्डका तेलहरू पाइन्छन् । बजारमा पाइने यी र यस्ता खाले चिल्लो अनि चिप्लो झोललाई तेल नै भनिन्छ । यो तेल जन्मदादेखि मर्दासम्म काम लाग्छ । के बालक, के बृद्ध, सबैलाई तेल उपयोगी हुने गर्छ । खाँटी तोरीको तेल सुत्केरी र बालकलाई शरीरभरि दलिदिएर घाममा सेक्दा सुत्केरी भाकी महिलालाई चिसोले नसमात्ने र बालक भविष्यमा बलिष्ठ हुने कथन छ । बृद्धबृद्धाको मांसपेसीहरू बाउँडिदा पनि तेल मालिसले ठिक गर्छ रे ।
आजभोलि हाम्रो मार्केटमा अर्कोथरि तेलको पनि व्यापक चर्चा पाईन्छ । यो अर्कोथरि नाङ्गो आँखाले देखिने तेल होइन । यसलाई खालि महशुस मात्रै गरिन्छ । पहिलो प्रकारको तेल अथवा तोरी आदिको तेल जसले लगाउँछ ऊ बलियो हुन्छ तर दोस्रो खाले तेल लगाउने भन्दा लगाई दिने चाहिँ बलिष्ठ हुन्छ । छैन त गजबको ? हिजोआज यस्तै खप्पिस तेल मालिसकर्ताहरूको जताततै बोलाबाला छ । जसले तेल लगायो त्यसले खाँडो जगायो ।
अर्को अचम्मको कुरा त के भने दिमाग भुटेर निकालेको द्रव्य तेल पनि गजबकै शक्तिशाली हुने गर्छ । यो अन्य तेलभन्दा पनि ऊर्जाशील हुने गर्दछ । अर्काको दिमागलाई भुट्नुसम्म भुटेर निकालिएको आउटपुटलाई नम्बरी तेल भन्दै थरि थरिका र्यापरहरूमा र्याप गरेर बिक्री गर्न खप्पिस लुटाहा व्यापारीहरू यसबाट धेरै लावान्वित हुने गर्छन् । जसको दिमाग भुटिएको हो ऊ भने दिमागको पीना हेरेर चित्त बुझाउन बाध्य हुने गर्छ । धन्य तेल, तिम्रो महिमा र महत्व अपरम्पार छ ।
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
भत्काउन सजिलो छ

भत्काउन सजिलो छ

अशोककुमार शिवा
ग्यास्ट्रिक बिग्रियो

ग्यास्ट्रिक बिग्रियो

अशोककुमार शिवा
अन्तरद्वन्द्व

अन्तरद्वन्द्व

अशोककुमार शिवा
मृगतृष्णा

मृगतृष्णा

अशोककुमार शिवा
भाउ बढेछ

भाउ बढेछ

अशोककुमार शिवा
याद

याद

अशोककुमार शिवा