साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तेल लगाई दिने बलिष्ठ

Nepal Telecom ad

तेल, अनौठो लाग्छ सुन्दा के हो यो तेल भनेको ? तेलको नाम त तेल नभएर बरु पेल पो हुनु पर्ने हो । तेल खसोखास पेलेर निकालिन्छ । यो चिल्लो अनि चिप्लो हुन्छ त्यसैले यसलाई कि त चेल भन्नु पर्ने हो । गजब त यसलाई पेल अथवा चेल नभनेर तेल नै किन भनियो ? अचम्म, यो खोजिको विषय बन्न सक्छ ।
हुन त तिलबाट पनि तेल निकालिने हुँदा यसबाटै यसको नाम जु¥या हुन सक्छ । जमाना बदलिएको छ अब तेल तिलबाट मात्र निकालिँदैन न कि तोरीबाट, अन्य बस्तुबाट पनि तेल निकालिन्छ । हिजोआज बजारमा अनेक थरी ब्राण्डका तेलहरू पाइन्छन् । बजारमा पाइने यी र यस्ता खाले चिल्लो अनि चिप्लो झोललाई तेल नै भनिन्छ । यो तेल जन्मदादेखि मर्दासम्म काम लाग्छ । के बालक, के बृद्ध, सबैलाई तेल उपयोगी हुने गर्छ । खाँटी तोरीको तेल सुत्केरी र बालकलाई शरीरभरि दलिदिएर घाममा सेक्दा सुत्केरी भाकी महिलालाई चिसोले नसमात्ने र बालक भविष्यमा बलिष्ठ हुने कथन छ । बृद्धबृद्धाको मांसपेसीहरू बाउँडिदा पनि तेल मालिसले ठिक गर्छ रे ।
आजभोलि हाम्रो मार्केटमा अर्कोथरि तेलको पनि व्यापक चर्चा पाईन्छ । यो अर्कोथरि नाङ्गो आँखाले देखिने तेल होइन । यसलाई खालि महशुस मात्रै गरिन्छ । पहिलो प्रकारको तेल अथवा तोरी आदिको तेल जसले लगाउँछ ऊ बलियो हुन्छ तर दोस्रो खाले तेल लगाउने भन्दा लगाई दिने चाहिँ बलिष्ठ हुन्छ । छैन त गजबको ? हिजोआज यस्तै खप्पिस तेल मालिसकर्ताहरूको जताततै बोलाबाला छ । जसले तेल लगायो त्यसले खाँडो जगायो ।
अर्को अचम्मको कुरा त के भने दिमाग भुटेर निकालेको द्रव्य तेल पनि गजबकै शक्तिशाली हुने गर्छ । यो अन्य तेलभन्दा पनि ऊर्जाशील हुने गर्दछ । अर्काको दिमागलाई भुट्नुसम्म भुटेर निकालिएको आउटपुटलाई नम्बरी तेल भन्दै थरि थरिका र्यापरहरूमा र्याप गरेर बिक्री गर्न खप्पिस लुटाहा व्यापारीहरू यसबाट धेरै लावान्वित हुने गर्छन् । जसको दिमाग भुटिएको हो ऊ भने दिमागको पीना हेरेर चित्त बुझाउन बाध्य हुने गर्छ । धन्य तेल, तिम्रो महिमा र महत्व अपरम्पार छ ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x