साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुरै बुझ्नुहुन्न !

Nepal Telecom ad

धन्न मैले गरेको छु यति काम खटी खटी
सर्वस्व घरको सुम्पी जहिलै कुर्सीमा बसी ।
गरून् त अरूले हेरौँ यसरी कामको गति
ठोकुवा गरेरै छाड्छु नभूतो नभविष्यति ।।

यति काम निजी केही गरेको भा कता कता
अहिले म कहाँ पुग्थेँ जाबो साना कुरा यता ।
गरिनँ के सधैँ मैले त्यत्रा काम धमाधम
निजी नोक्सान कत्रो छ म मात्र बुझ्छु त्यो गम ।।

हुर्कंदै अरूका लागि खट्ने खै अरू चिन्दिनँ
मजस्तो विज्ञ वा आँटी खट्ने नै म त देख्दिनँ ।
भन्न सजिलो, गाह्रो छ काम गर्न मझैँ अरू
सक्दैनन् ठोकुवा गर्छु भाग्छन् झन् डरले बरु ।।

गरेका गुण देख्दैनौ कुरा काट्छौ बसी बसी
मात्र विरोधले हुन्न गर्नुपर्छ कसी कसी ।
हेर ती सब मैले नै मेरै त्याग अथाह छ
नत्र ती पहिलै ध्वस्त बन्दथेस अभिमान छ ।।

लगानी अरूकै लागि आफ्ना लागि कहाँ रहेँ
अरूकै लागि यी गाडी घोडा बास सबै लिएँ ।
म जे छु अरूकै देन बाँच्नेशैली सबै कुरा
आफ्ना लागि हुँदै हैन मोज भोज झिना कुरा ।।

बुझ्नु हुन्न कुरा कैलै के गरूँ कसरी भनूँ
डुलेँ वा त्यत्तिका काम गरेको अझ के भनूँ ।
भन्न सक्ने सबै मैले भनेँ बुझ्नू अझै पनि
कस्तो यो दुनियाँ हुन्थ्यो म मात्रै नभए अनि ।।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x