मरुभूमि नारायणझरियो महाशय
रक्सी नखाँदा पछाडि परियो महाशय
झर्न पनि भुइँमै पो झरियो महाशय ।
गल्ती भो खान पिउन जान्दै जानिएन
उठीबास लाग्यो बास सरियो महाशय ।
पिउनेकै पूजापाठ हुने पापी भए पनि
चोख्याउन जाँडपानी छरियो महाशय ।
खाएपछि डर, लाज खै कता पो भाग्ने
नदीको कुरै हैन कुलो तरियो महाशय ।
गिद्धको हूलमा मान्छे भै नबाँचिने रैछ
गइयो भट्टीमा घ्याम्पो भरियो महाशय ।
तनहुँ
Subscribe
Login
0 Comments
Oldest



































