साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खुलेको छ सपनाको बजार

Nepal Telecom ad

फेरि एकपटक खुलेको छ सपनाको बजार
आउनुस देख्नुस राम्रो सपना
र लेखिदिनुसस् उसको नाउँमा
तपाईंको कमसे कम अर्को पाँच वर्षको जिन्दगी
फेरि एक पटक खुलेको छ सपनाको बजार
तपाईं चामलजस्तो केलाएर हेर्न सक्नुहुन्न
लुगाजस्तो छामेर अनुभव गर्न सक्नुहुन्न
उसका सबै भनाइ शत प्रतिशत विश्वास गर्ने हो
उसले भन्दै जान्छ, तपाईंले सुन्दै जाने हो
आँखा चिम्लिने हो, सपना देख्ने हो
आउनुस तपाईंलाई कुन सपना मन पर्छ
रोज्नुस् एक सपना
फेरि एकपटक खुलेको छ, सपनाको बजार ।
आफै बाँचेर गरिबीको रेखामुनि
पाल्नुस एक पल्टन शासकहरू
भोग्दै अनियमितता
चुनिदिनुस बेठेगान संबिधान सभाका
अनिश्चितकालिन सभासद्हरू
सरकार बनाउन सहयोग गर्नुस
र, गर्नुस् सरकार नभएको अनुभूति
रोज्नुस एक सपना
फेरी एक पटक खुलेको छ सपनाको बजार
छाप्रो उधारेर गर्नुस मद्दत
बनाउन लथालिंग पार्टीका आलिशान भवनहरू
छाक काटेर गर्नुस सहयोग
निर्माण गर्न गरिब कार्यकर्ताका धनी नेताहरू
लेखिदिनुस् उसका नाउँमा
तपाईका उर्वर जवानीका पाँच वर्ष
फेरि एकपटक खुलेको छ, सपनाको बजार ।
रिक्सा चलाउनुहुन्छ त के भो र ?
निजी गाडीमा सयर गरेको सपना देख्नुस
निजी गाडीमा हिँड्नुहुन्छ भने
हवाईजहाज किनेको सपना देख्नुस्
सपनै न हो किन देख्नु ससाना सपनाहरू
सबै पीडा बिर्सेर एक छिन
उसले बाँडेको सपना देख्नुस्
फेरी एक पटक खुलेको छ सपनाको बजार
छन् ऊसँग थरीथरीका सपना
छन् ऊसँग प्रत्येक वर्गका सपना
ऊ सपनाको कारखाना नै हो
अहिल्यै निकालेर दिन्छ
भिन्न मोडेल र ब्रान्डका सपना
मात्र लेखिदिनूस्
तपाईंका अमूल्य जीवनका अर्को पाँच वर्ष
फेरि एकपटक खुलेको छ, सपनाको बजार ।
अँध्यारो गाउँमा अर्को महिनादेखि बिजुली बत्ती बाल्न पाइने सपना
सुक्खा जमिनहरू पानीले भिजाएर राम्रो बाली भित्र्याउने सपना
सपनाको बजारमा यो पनि केही सपना हो र ?
देख्नुस् तपाईं दुई सय तला माथिको
गगनचुम्बी घरमा आरामसँग बसेको सपना
देख्नुस् तपाईं इन्द्रेणीको धागोबाट
संसार भ्रमण गरेको सपना
मात्र लेखिदिनुस्
तपाईंका अमूल्य जीवनका अर्को पाँच वर्ष
फेरि एकपटक खुलेको छ, सपनाको बजार ।
एकातिर
जमिनदारलाई जमिन अझै थपिदिने सपना
पुँजीपतिलाई अझै पुँजी जोहो गर्ने सपना
कालोबजारीलाई मनपरी भाउ बढाउने सपना
अर्कोतिर
सुशासन र समानताका सपना
पहिचान र संघीयताका सपना
क्रान्तिकारी परिवर्तनका सपना
ठाउं र स्रोताको उपस्थिति हेरी
सुदूर साम्यवादका पनि सपना
सबै एकै मनचिन्ते झोलाबाट निकालेर
बाँडी रहेको छ सपना
मात्र छाप लगाइ दिनुस् उसको नाममा
तपाइको उर्बर जीवनको अर्को पाँच वर्ष
फेरि एक पटक खुलेको छ सपनाको बजार
नयाँ घरको सपना देख्दा देख्दै बेघर भएका
सहर पानीले पखालिने सपनामा आफै काकाकुल भएका
किनेर सपना आफैँ बेचिएका
धेरै ठगिएका, झुक्किएका छन् मानिसहरू
फेरि पनि सपनाको बजारमा सपना किन्नेहरू छन्
झुक्किएका दशकहरू बिर्सेर
नयाँ सपनामा आश गर्नेहरू छन्
किन्नुस् तपाईं पनि एक थान वा अनगिन्ती सपनाहरू
फेरि एकपटक खुलेको छ, सपनाको बजार ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सवारी

सवारी

स्नेह सायमि
सुरक्षा

सुरक्षा

स्नेह सायमि
रहरहरू

रहरहरू

स्नेह सायमि
कफी !

कफी !

स्नेह सायमि
कालो सूची

कालो सूची

स्नेह सायमि
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x