सुलसुलेअविरल जन साहित्य यात्रामा कवि रमेश श्रेष्ठ
काठमाडौं, साउन ९ । अविरल जन साहित्य यात्राको १६ औँ भयो कवि रमेश श्रेष्ठका दर्जन कविता प्रस्तुति गरेर सम्पन्न भएको छ ।
वरिष्ठ प्रगतिवादी साहित्यकार एवम् संस्कृतिविद् डा.मोदनाथ प्रश्रितको प्रमुख आतिथ्यमा सम्पन्न समारोहको अध्यक्षता जन साहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयले गर्नु भएको थियो । समारोहमा जन सांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई, वरिष्ठ साहित्यकार आनन्ददेव भट्ट, जन गायक रामकृष्ण दुवाल, वरिष्ठ साहित्यकार रामप्रसाद प्रदीप, समालोचक प्रा.डा.कृष्णप्रसाद घिमिरे, प्रा.केशव सुवेदी, वरिष्ठ कवि एवम् प्राज्ञ पूर्ण विराम, राष्ट्रिय जन सांस्कृतिक महासङ्घका महासचिव राजेश थापा, सचिवद्वय प्रेमनाथ अधिकारी र कालिका पाठक, कोषाध्यक्ष भूमिका सुब्बा, सहकोषाध्यक्ष जङ्ग पहाडी उपस्थित हुनु हुन्थ्यो ।
प्रमुख अतिथि डा.मोदनाथ प्रश्रितले कार्यक्रममा कवि रमेश श्रेष्ठलाई माल्यार्पण गर्नु भएको थियो । उहाँलाई कविता वाचनमा सहयोग गर्ने कवि जयन्ती स्पन्दन, टिप्पणीकार प्रा.डा.कृष्णप्रसाद घिमिरेलाई टीका र खादा लगाइ सम्मान गरियो ।
सभाध्यक्ष राम विनयले स्वागत गर्नु हुँदै समाजिक रूपान्तरणको कलात्मक र वैचारिक अभियानमा संलग्न स्रष्टा रमेश श्रेष्ठलाई यात्रामा प्रस्तुत गर्ने अवर पाएकामा खुसी व्यक्त भयो ।
प्रगतिवादी स्रष्ट रमेश श्रेष्ठको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्दै जन साहित्यिक मञ्च, नेपालको काव्य विभागकी संयोजक डा.विन्दु शर्माले प्रकाश पार्नु भयो । उहाँले कवितामा पर्यावरण संरक्षणको चेतना सम्प्रेषण गर्ने रमेशमा चित्रकला र कविता सिर्जनालाई सँगसँगै लिए समान उचाइमा पुर्याउन सक्ने क्षमता रहेको बताउनु भयो ।
कवि रमेश श्रेष्ठले आफ्नो कविता लेखन मान्यताबारे प्रकाश पादैँ कविता वाचन आरम्भ गर्नुभएका रमेशले ‘मेरो बिहानको शुभारम्म’, ‘पहाड छैन’, ‘नदी उत्सव’, ‘कविको देश’, ‘ईश्वरको हत्या’, ‘बाघ’, ‘गिद्धस्वप्न’, ‘कविताको उज्यालो’, ‘सम्पादकलाई चिठी’, ‘माटो’, ‘आमा र अक्षरहरू’, ‘कवि र देश’, ‘प्रार्थना’, ‘म्युजियम’, ‘कविताको अस्पताल’, ‘शिर’ र ‘उत्कण्ठा विम्ब’ शीर्षकका कविता प्रस्तुत गर्नु भयो । सहयोगी कवि जयन्ती स्पन्दनले रमेशको ‘काली दमिनी’ शीर्षकको विम्बात्मक कविता वाचन गर्नु भएको थियो ।
वाचित रमेशका कविता सिर्जनामाथि समीक्षा गर्दै समालोचक प्रा.डा.कृष्णप्रसाद घिमिरेले श्रेष्ठका कविताले समाज रूपान्तरणको स्पष्ट सन्देश दिएको बताउनु भयो । निम्न वर्गका पात्रको पीडादायी चित्रण गद्र्र उनीहरूको त्याग र समर्पणको मूल्याङ्कनको आग्रह प्रस्तुत गर्नु रमेशको कविताको विशेषता हो भन्नु भयो ।
यस शृङ्खलाका प्रमुख अतिथि डा.मोदनाथ प्रश्रितले कवि रमेश श्रेष्ठ भिन्न खालको शैली र शिल्प लिएर कवितामा देखिएको बताउँदै भोगिएका, देखिएका र अनुभूत गरेका विम्बलाई क्रान्ति र परिवर्तनसँग जोडेर कवितामा प्रयोग गर्ने कविका रूपमा रमेशलाई पाइएका छ भन्नु भयो ।
कार्यक्रममा विशिष्ट अतिथि खगेन्द्र राईले कार्यक्रम फलदायी भएको बताउँदै अविरल यात्राले निरन्तरता पाएकामा खुसी व्यक्त गर्नु भयो । जन साहित्यिक मञ्च, नेपालका उपाध्यक्ष रमेश पोखरेलले उपस्थित सबै साहित्यकारहरूलाई धन्यवाद दिँदै अर्काे महिनाको कार्यक्रममा मोरङको उर्लाबारीमा रहेर प्रगतिवादी साहित्यमा क्रियाशील वरिष्ठ कवि मिश्र बैजयन्तीलाई प्रस्तुत गरिने जानकारी दिनु भयो ।
–रमेश पोखरेल
Subscribe
Login
0 Comments
Oldest











































