लालकाजी श्रेष्ठके हो तेरो पारा ?
धेरै जोरी नखोज तैँले भत्काइदिउँला दारा
रिस नउठा दिउँसै फेरि देखाइदिउँला तारा ।
मान्छे चिन्नै नसक्ने तँ उल्लुकै होस् पट्ठो
सुकाइदिउँला अन्नपानी नपाउलास् है चारा ।
उत्ताउलो गाई बाघले खाई खुबै घोर्ले भाछस्
बिहे हुनै नदिउँला म बस्लास् सधैं थारा ।
मिलनसार भै बाँच्दा तँलाई के चैँ हुन्छ हानी ?
पानीसम्म पिउनलाई नपाउलास् है धारा ।
नेपालीमा अर्थ्याएको बुझ्दिनस् कि क्या हो ?
किन कैल्यै सुध्रिदैनस् के हो तेरो पारा ?
धादिङ्बेशी, धादिङ
Subscribe
Login
0 Comments
Oldest





































