प्रेम ओली ढकलपुरेगोल गोल भेडा
न भेडाको जस्तो सिङ छ
न भेडा जस्तो रौँ छ
तर पनि गोलभेडा
यसको नाउ छ
न भेडा जस्तो भेडो छ
न जनता जस्तो भेडो छ
कसरी यो गोलभेडो छ !
बच्चादेखि बुढासम्म
सबले मन पराउने
कुनै फिल्मको अभिनेता जस्तो
खुर्सानी पाटीमा पनि ठीक छ
मुलाको पार्टीमा पनि बिक्छ
नेपाली नेता जस्तो ।
आलुमा पनि मिल्छ
काउलीमा पनि मिल्छ
यता पनि वाह
उता पनि वाह
गोलभेडा
क्या जिल छ ।
तरकारीमा मिसाउन
यसैलाई काट्छन्
अचार बनाएर पनि
यसैलाई चाट्छन्
कतै टमाटर
कतै टोमेटो
कतै गोलभेडा
अनेक छन् यसका नाम
जसलाई पनि
ट्वाक्क पारी दिने यसको काम ।
चाकरी गर्नमा वीर छ
सरकारी कर्मचारी जस्तो
बाल गोबिन्द पनि छैनन्
कुनै ब्रह्मचारी जस्तो
भिन्डीदेखि करेलासम्म
भन्टादेखि बरेलासम्म
हरेकसँग मिल्छ
रातो पिरो हृष्टपुष्ट
भैंसे जुका जस्तो
रगतले टिल छ ।
आन्दोलन गर्दा पनि
यै गोलभेडाले हान्ने
बाटोमा पोख्दा पनि
यै गोलभेडा नै छान्ने
यता पनि गोल भेडा
उता पनि गोल भेडा
बिचरा गोलभेडाले
कति दिन पो धान्ने !!
दाङ, हाल– काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































