साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भुकम्प राहत

Nepal Telecom ad

विदेशबाट सहयोग ह्वात्तह्वात्त आए जस्तो लाग्छ
पीडित कहाँ नपुग्दै नपीडितले खाए जस्तो लाग्छ ।

जो भूकम्प पीडित हैन उसैलाई रासन चाहिने रैछ
सिङ पुच्छर देखाएर टाउको पचाए जस्तो लाग्छ ।

के गर्नु मुखमा त राम राम छ नि, मनमा पो छैन
सहयोग गर्न व्यापारीले भाउ बढाए जस्तो लाग्छ ।

देश रोयो मानिस रोए कसैलाई भूकम्प दसैँ भाछ
कतै राहत पुग्दैन कतै दोब्बर पाए जस्तो लाग्छ ।

आफू भोकै बसी अरुलाई खुवाउन चाहँदैन मान्छे
सुत्केरीको नाम लिई आफै अघाए जस्तो लाग्छ ।

हात्ती आयो हात्ती आयो फुस्स सबैलाई थाहै होला
पीडितसामु नपुग्दै नगद तप्प चुहाए जस्तो लाग्छ ।

चोरी डकैती भाँडभैलो अनियमितता गर्नेकै छन् दिन
यथार्थ पीडितलाई जुनतारा नउदाए जस्तो लाग्छ ।
तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x