साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म नागरिक त्यस देशको

Nepal Telecom ad

जहाँ रातरातभर
मौनता छाती तन्काएर परेड खेल्दछ,
जहाँ सूर्याेदयदेखि सूर्यास्तसम्म
एउटा भयानक भय
भयभीतहरूलाई झन् तर्साउँदै
गस्ती लगाउँछ सडकमा,
जहाँ बाटामा हिँड्दाडुल्दा
बहुला कुकुरहरू एक्कासि झम्टन्छन्

रगतमा रेबिज भरेर
प्रहरीको शरणमा गई सुरक्षित हुन्छन्,
जहाँ सुरक्षाको कवच ओढेकाहरू
निहत्थाहरूका काँधमा बन्दुक राखेर
नरभक्षीहरूको सिकार गर्दछन्,
जहाँ
झुकाउनका लागि गर्धन छिनाउनै पर्ने
शिरहरू
एक सीता भात टिप्न
रछानतिर निहुरिन्छन्,
जहाँ मुक्त रैतीहरू
ख्वामितका इसारामा मुक्तिगीत गाउँदै
स्वामीको खुँडाका लागि अचानो बन्छन्,
जहाँ न्यायालयरुपी पसलमा बिक्छन्
न्यायिक दस्ताबेजहरू
न्यायाधीशकै हातबाट,
जहाँ सत्ताको गुलियो बिर्सन नसक्नेहरू
कात्रो मिल्काउँदै
दौडन्छन् आर्यघाटबाट

जहाँ जुका र किर्नाहरूका लागि
सुरक्षित र सुविधासम्पन्न
साधनहरू सुसज्जित हुन्छन्,
जहाँ अँध्यारोमा बाँच्नेहरू
जुनकिरीको ज्योति बाली
अन्धकारमा लम्कने कुरा गर्छन्,
जहाँ एक अन्जुली पानी
एक मुठी बतास
र एक हत्केला घाम नपाएर
जिन्दगीका सागहरू
अलकत्रामाथि ओइलाउँछन्,
त्यस देशको
लाटो, बहिरो र अन्धो नागरिक भएकामा
गर्व गर्छन् आम नागरिकहरू,
म मात्रिभूमिको कसम खाएर भन्छु,
हो, त्यही
त्यही देश मेरो हो


नागरिक त्यसको ।
चन्द्रनिगाहपुर, रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पेसा

पेसा

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
वरदान

वरदान

रमेश समर्थन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x