साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिन घच्का

Nepal Telecom ad

१.खण्डकारी थचार !

सोझा थारू उराली, मुलुक समरमा, झोस्न खोज्ने जमात ।
सोझा ती मध्यदेशी, मन मगज भुटी, पोल्न खोज्ने जमात ।।
सेवा गर्छौ फिरङ्गी, कलुषित मनका, धर्ममारा समाती ।
ठालूको टोप भिर्दै, विधिनियम मिच्यौ, कर्ममारा अभागी ।।

ए हाम्रा देशवासी ! जुट अब बलमा, खण्डकारी थचार ।
गिध्दे आँखा नियाल्ने, गलत मन मुटू, पार साच्चै अचार ।।
नेपाली एकतामा, डन–उपडनको, ध्वाँस हप्की लघारौँ ।
नेपाली सम्प्रभू हौ, डन–उपडनका, धाक धम्की लछारौँ ।।

२. दुःख भोग्दैछ देश !

हेर्दा हेर्दै जनमत थिची, उग्र आतङ्क छाए ।
राँका बाल्दै, मुलुक भर नै, शान्ति–सद्भाव खाए ।।
मुद्दा बोकी, ढुकुर–उरमा, ताण्डवी नाच नाचे ।
आस्था श्रद्धा, विघटित हुँदै, सात्विकी मर्म भाँचे ।।१।।

धिक्कारै हो, कपुत जनले, देश पार्दै खरानी ।
बन्छन् पुत्ला पर मुलुकका, मात्र थोत्रा मदानी ।।
यिन्कै स्वार्थी, मन मगजले, बिग्रियो शान्त देश ।
हाम्रा भावी, दिन तम बनी, दुख्ख भोग्दैछ देश ।।२।।

३.पुत्ला नबन्द्यौ अब !

खोक्रा शीर्ष बनेर चिन्तन नभै, सत्ता चलायौ किन ?
बोक्रा शीर्ष बनेर मन्थन नभै, कोशै जलायौ किन ?
टाढाका प्रभु–पादमा झुकिदिने, बिर्सेंर हामी सब ।
नेपाली बन स्वाभिमान बलमा, पुत्ला नबन्द्यौ अब ।।१।।
धादिङबेसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय भनाैँ कि भय !

जय भनाैँ कि भय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x